नेपाल अमेरिका पत्रकार संघ नेजाले आफ्नो १३ औं साधारण सभा टेक्ससमा गर्ने भएको छ । नेजाले आफ्नो १३ औं साधारण सभा नेपाल अमेरिका पत्रकार संघका सदस्यहरु तथा अग्रज पत्रकारहरुका साथमा आगामी मे महिनाको ४ र ५ तारिखका दिन टेक्ससको ड्यालसमा गर्ने भएको हो ।

यस बिषयमा संघले जारी गरेको बिज्ञप्ती अनुसार दुई दिने साधारण सभामा अमेरिकामा रहेका नेपालीहरुलाई कसरी प्रभावकारी सुचना प्रवाह गर्न सकिन्छ, नेजासंग आवद्ध पत्रकारहरुको समस्या र चुनौतिको समाधान र हित, साथै पेसागत मर्यादा र संस्थागत व्यवस्थापनका बिषयमा एक आपसमा सल्लाह सुझाव हुने संघका अध्यक्ष सुदिप पन्तले बताएका छन्  ।

अमेरिकामा रहेका पत्रकारहरु बिचको आपसी सद्भाव र भाईचाराको वातावरण सृजना गर्नका लागि अग्रज पत्रकारहरुका साथमा हुन लागेको साधारण सभामा नेजा आवद्ध पत्रकारहरु सबैलाई उपस्थितीका लागि अनुरोध गरिएको २ दिने यस कार्यक्रममा सहभागी पत्रकारको खानपिन र बसाईको खर्च नेजाले नै बेहोर्ने छ ।

कार्यक्रका लागि यस अघि पनि संघका महासचिव किरण मरहट्टाले सुचना जारी गर्दै सबैलाई निमन्त्रणा गरेको यस कार्यक्रमलाई अमेरिकामा रहेका पत्रकारहरु बिचको सुमधुर संबन्ध बिस्तारका लागि महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ । संघले नेजा संवद्ध पत्रकारहरुलाई सुचना संकलनमा सहयोग पुर्याउँदै आएको टेक्सस समाजलाई पनि धन्यवाद प्रकट गरेको छ ।

Comments

comments