अन्तरिक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको ‘स्लट’मा अहिलेसम्म स्याटेलाइट पुर्याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभएपनि पछिल्लो समय त्यसका लागि प्रयास भने जारी छ । त्यतिमात्र होइन त्यो प्रयासले एउटा नतिजासमेत पाउन थालेको छ ।

अन्तरिक्षमा नेपालको प्रवेशको ढोका नयाँ वर्षको पहिलो हप्ता नै खुल्दैछ । आकारमा सानो भए पनि नेपाली झन्डा सहितको नानो स्याटेलाइट वैशाख ४ गते अन्तरिक्षमा पठाइँदैछ ।

समुन्द्र हुँदै नेपालकै इन्टरनेट

अन्तरिक्ष मात्र होइन समुन्द्रमा आफ्नै केबल बिच्छ्याएर देशका लागि आवश्यक इन्टरनेट ल्याउनसमेत प्रयास सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको सम्भाव्यता अध्ययनका लागि इच्छुक परामर्शदाताबाट आवेदनसमेत माग गरेको छ । हाल भारत र चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउँदै आएकोमा अब ती देशको सीमामा रहेको समुद्रको प्रयोग गर्दै आफै इन्टरनेट ल्याउने प्रयास प्राधिकरणले थालेको हो ।

 

Comments

comments