US Khabar

अर्घाखाँचीका मृतक कृष्णबहादुरको सम्पर्कमा रहेका ३० जनामा कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

अर्घाखाँचीका मृतक कृष्णबहादुरको सम्पर्कमा रहेका ३० जनामा कोरोना संक्रमण

अर्घाखाँचीमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका कृष्णबहादुर गैरेको सम्पर्कमा आएका ३० जना सहित ३१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ १० गते भारतबाट नेपाल आउने क्रममा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ९ कृष्णबहादुर गैरेको मृत्युको कारण कोरोना संक्रमण रहेको पुष्टी भएसंगै मृत्युपछि उनीसँगै आएका, शव बोकेका र सम्पर्कमा रहेका ५० जनाको स्वाब जाँच गरिएको थियो । जसमध्य ३० जनामा कोरोना संक्रमण देखिएको छ भने थप एक जना अर्घखाँचीमा नयाँ संक्रमित थपिएका छन् ।

गैर कोरोना संक्रमणबाट मृत्यु हुने छैटौं ब्यक्ती हुन् । मृतक ३५ वर्षीय गैरे सहित ९१ जनाको समुह जेठ १० गते भारतको गुजरातबाट नेपाल फर्कने क्रममा गैरेको बाटोमा नै मृत्यु भएको थियो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको बताईएको भएपनि उनको कोरोना संक्रमणबाट मृत्यु भएको आशंकामा स्वाब परीक्षण गरिएको थियो । अन्तत उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनको मृत्युको कारण कोरोना सक्रमण भएको पुष्टी भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!