गत आईतबार नेपालको बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीमा निधन भएका ब्यक्तीहहरुको सम्झनामा अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुले दिप प्रज्वलन गरेका छन् ।

हावाहुरीबाट निधन भएकाहरुको आत्माको चिर शान्तिको कामना स्वरुप शनिबार टेक्ससको अर्भिङ स्थित नेपाली मन्दिरमा दिप प्रज्वलन गरिएको हो । गैर आवासिय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरको आयोजनामा भएको दिप प्रज्वलन कार्यक्रममा उपस्थित सबैले यस अकल्पनिय प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

एनआएरएनका प्रतिनिधी, नेपाली समाज टेक्ससका पदाधिकारी, साथै नेपाली समुदायका ब्यक्तीहरुको उपस्थिती रहेको यस कार्यक्रममा उपस्थितहरु मध्य, एनआरएन अमेरिकाका बर्तमान वरिष्ठ उपाध्यक्ष सुनिल शाह र बोर्ड अफ डाईरेक्टर डा. अर्जुन बन्जाडे, टेक्सस च्याप्टर अध्यक्ष भानु खरेल लगायतले शोकको यो घडीमा सबैले पिडितको सहयोगमा जुट्नुपर्ने बताउँदै सहयोग संकलन अभियान नै चलाएर भएपनि राहत संकलन गरेर हावाहुरी प्रभावितहरुलाई थप संकटबाट शुरक्षित राख्नु पर्ने धारणा ब्यक्त गरेका थिए भने उपस्थित सबैले नेपालमा घटेको यस दुखद घटनाका घाईते तथा पिडित परिवारको सहयोगार्थ आ आफ्नो तर्फबाट पहल गर्ने बिचार ब्यक्त गरेका छन् ।

Comments

comments