तस्विर: शिव शर्मा

आगामा मे ४ ५ ताखिका दिन टेक्ससको ड्यालसमा हुने नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १३ औ साधारण सभाका लागि तयारी समिती गठन भएको छ । साधारण सभालाई पूर्व निर्धारित योजना अनुसार सहज वातावरणमा सम्पन्न गर्नका लागि आईतबार ड्यालमा क्षेत्रका पत्रकारहरुको उपस्थितीमा तयारी समिती गठन भएको हो ।

अमेरिकामा रहेका पत्रकारहरु बिचको आपसी सद्भाव र भाईचाराको वातावरण सृजना गर्नका लागि अग्रज पत्रकारहरुका साथमा हुन लागेको नेजाको १३ औं साधारण सभामा उपस्थित हुने पत्रकारहरुलाई निशुल्क यातायात, खाना, आवास लगायतका आवश्यक सुविधा संघले नै बेहोर्ने २ दिने यस सम्मेलनमा आउने पत्रकारहरुको सहजताका लागि गठित तयारी समितीहरुलाई छुट्टा छुट्टै जिम्मेवारी दिईएको छ । जस अन्तरगत अतिथी स्वगत, आवास, यातायात लगायतका लागि ति समितीहरुले सहजिकरणको काम गर्ने छन् ।

अमेरिकामा रहेका नेपालीहरुलाई कसरी प्रभावकारी सुचना प्रवाह गर्न सकिन्छ, नेजासंग आवद्ध पत्रकारहरुको समस्या र चुनौतिको समाधान र हित, साथै पेसागत मर्यादा र संस्थागत व्यवस्थापनका , आगामी एनआरएन निर्वाचन लक्षित बहस लगायतका बिषयमाथी संबोधन हुने बताईएको नेताको १३ औं साधारण सभाका लागि अमेरिकाका बिभिन्न राज्य तथा क्यानडाका पत्रकारको बाक्लो सहभागीता रहने अपेक्षा गरिएको नेजाको साभारण सभासभा मिनी नेपालका रुपमा परिचित टेक्सस राज्यको ड्यालमा पहिलो पटक हुन लागेको हो ।

 

 

 

Comments

comments