एनआरएनए अमेरिकाको अगामी निर्वाचनमा अध्यक्ष पदमा सुर्य लम्सालले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेका छन् । नयाँ कार्यसमिती निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी न्युर्योक निवासी सुर्य लम्सालले आईतवार एक कार्यक्रमको आयोजना गरि आफ्नो औपचारिक चुनावी घोषणा गरेका हुन् ।

आगामी मे १८ र १९ तारिखका दिन हुने एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका बलिया उमेद्वारका रुपमा हेरिएका लम्सालले चुनावी घोषणा कार्यक्रममा आफ्ना महत्वपूर्ण योजना प्रस्तुत गर्दै ति योजनाप्रतिको आफ्नो प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।

पेसाले बरिष्ठ ईन्जिनियर लम्सालले एनआरएन र नेपालबिचका आफ्ना योजना मोडललाई प्रस्तुत गरेको उमेद्वारी घोषणा कार्यक्रममा सक्षम एनआरएन समृद्ध नेपालको खाका, सदस्यता बितरणको अन्यौलता, एनआरएनएको बिधानमा देखिएका त्रुटी, एनआरएन अधिबेसनमा एनसीसी प्रतिधिनिलाई गरिने हेलचक्रयाईंपूर्ण ब्यवहार, संस्थालाई चुनावमुखी बनाउने प्रवृतीको बिरोध लगायतका एजेण्डा माथी आफ्ना योजना प्रस्तुत गरेका थिए ।

काम भन्दा कुरामा ध्यान दिने गलत प्रवृतीको अन्त्य गर्दै अमेरिकामा रहेका नेपालीलाई कसरी सहज र प्रस्यक्ष रुपमा सेवा दिने भन्नेमा आफु सचेत रहेकाले यहाँ रहेका नेपालीको गुनासोलाई मनन गरेर नेपाली समुदायलाई एनआरएन अमेरिका मेरो हो भन्ने वातावरणको सृजना गर्नुका साथै नेपाली बिद्यार्थी र नेपाली भाषि भुटानीको जिम्मेवारी समेत एनआरएनए अमेरिका लिनु पर्ने आफ्नो धारणा लम्साले प्रस्तुत गरेका थिए ।

पुल्चोक ईन्जिनिएरिङ क्याम्पसबाट ईन्जिनिएरिङ गरेर थप अध्ययनका लगि २३ बर्ष अघि सन् १९९६ जुलाईमा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीमा मास्टर्स अफ इन्जिनियरिङका विद्यार्थी बनेर अमेरिका आएका सुर्य लम्साल अमेरिकन सोसाईटी अफ सिभिल तथा स्ट्रक्चरल सोसाईटीमा बरिस्ठ सदस्य, न्यूयोर्क युनिभर्सिटीका प्राध्यापक, बिज्ञान, प्रविधी र अर्थनिती सम्बन्धी समितीका संयोजक लगायतका संस्थामा काम गरेका अनुभवी ब्यक्ती हुन् ।

वर्तमान कार्यसमितीका लागि महासचिव पदमा उमेद्वारी दिएका लम्साल डा. केसव पौडेलको पहिलो कार्यकालमा सर्वाधिक मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए ।

१३ बर्ष देखी संसारकै सबैभन्दा ठूलो प्रसारण ७६५ के.भी. टान्समिसन लाइन भएको न्युयोर्क पावर अथरिटीमा अमेरिकी सरकारको बिद्युत प्राधिकारणमा रहेर वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत लम्सालले संसारकै उत्कृष्ट नमुना मानिने (गगनचुम्बी भवन) म्यानह्याटनका स्काइक्रेपर निमार्ण युनिटसंगै रहेर काम गरेका थिए भने सन् २००२ को कोरिया विश्वकपको रंगशालाको उत्कृष्ट डिजाइन गरेबापत अवार्ड समेत प्राप्त गरेका थिए ।

न्युर्योकबासी नेपाली समुदायका प्रतिनिधी साथै पत्रकारहरुको बाक्लो उपस्थितीमा अन्तरकृया शैलीले सञ्चालन गरिएको उमेद्वारी घोषणा कार्यक्रममा उपस्तिथहरुले आफ्ना जिज्ञासा लम्साल समक्ष राखेका थिए भने निर्वाचनमा बिजयीका पनि लम्साललाई उपस्थित सबैले शुभकामना दिएका थिए ।

Comments

comments