एनआरएन अमेरिकाको आगामी निर्वाचनको सार्वजनिक मतदाता नावावली प्रति अध्यक्ष पदका उमेद्वार सञ्जय थापाले आपत्ती जनाएका छन् । ९१७२ जना मतदाताको नाम एकैठाउँमा राखेर अव्यवस्थित तरिकाले नामाबली प्रकाशित भएपछि मतदाताको असजिलोलाई ध्यानमा राखी संजय थापाले नामावली पुन प्रकाशन गर्न निर्वाचन कमिटीलाई अनुरोध गरेका हुन् ।

यस बिषयमा संजय थापाले ब्यक्त गरेको वक्तब्य यस्तो छ:-

आदरणीय अमेरिकावासी दाजु भाइ दिदि वहिनीहरु,  हार्दिक अभिवादन

हामि हामी सबैको साझा र प्यारो संस्था एनआरएन एनसिसीको निर्वाचनको निकट आइपुगेका छौं l संस्थालाइ सबैको प्रिय मात्रै नभएर यसलाइ सबैको निम्ति विश्वासयोग्य बनाउने अभियानले क्रमश एउटा गति लिएर गएको छ l हामि सबैको पहल, प्रयत्न र खवरदारीमा भएको यो उपलव्धि वास्तवमै गौरवयोग्य छ l यद्धपि हामीले गर्नु पर्ने थुप्रै काम अझै बाँकी नै छ , र विगतमा झैं आउने दिनमा पनि सबै मिलेर एनआरएनलाइ भरोसायोग्य बनाउन थुप्रै गर्नु पर्ने छ , र त्यसो गर्दै गर्दा हरेक कदम बढो सावधानीपुर्वक चाल्नु पर्ने छ l यसो भन्दै गर्दा निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले हाम्रो साझा अभियान र सपनाको मर्म नबुझेको पो हो कि जस्तो लागेको छ l

सदस्यहरुलाइ सुचिकृत गर्दा वर्णानुक्रम अनुसार , ठेगाना अनुसार लयवद्ध नगरिएकोले निर्वाचन विश्वसनीय हुँदैन कि भन्ने आशंका गर्नेहरुलाइ शंका गर्ने आधार मात्रै दिएको छ l

तसर्थ, म निर्वाचन कमिटिलाइ निम्न अनुसारको प्रक्रिया अपनाउदै मतदाता नामवली पुन प्रकाशन गर्न अनुरोध गर्दछु :

NRNA NCC USA को निर्वाचनको भोटर लिष्ट प्रकाशित भएछ तर अचम्म यत्रो ९१७२ मा आफ्नो नाम काहॉ खोज्ने

१. मतदाताहरुको सुची राज्य अनुसार गरियोस

२. मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) अनुसार गरियोस l

३. मतदाताले आफ्नो नाम खोज्दा सजिलै पाउने व्यवस्था गरियोस

सँस्थाको विश्वसनीयता , निर्वाचन कमिटिको निस्पक्षता समेतलाइ ध्यानमा राखेर अगाडी सारिएको उल्लेखित मागहरुलाइ तत्काल सुनुवाई गरिने अपेक्षा सहित गम्भीरताको निम्ती आग्रह गर्दछु l

संजय थापा
उम्मेदवार अध्यक्ष ,

NRN NCC OF USA

Comments

comments