US Khabar

ANA को नेशनल कन्भेन्सनमा किरण गजमेर सहित भगवान भण्डारी र प्रिया भण्डारीको प्रस्तुती रहने

- KISHAN REGMI | ३ हप्ता पहिले प्रकाशित

ANA को नेशनल कन्भेन्सनमा किरण गजमेर सहित भगवान भण्डारी र प्रिया भण्डारीको प्रस्तुती रहने

टेक्ससमा जुलाई ३ सम्म चल्ने २ दिने एशोसियसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)को नेशनल कन्भेन्सनमा भ्वाईस अफ नेपाल बिजेता किरण गजमेरले प्रस्तुती दिने भएका छन् । हाल अमेरिकामा नै रहेका गायक गजमेरले जुन ३ तारिक हुने एएनएको नेशनल कन्भेन्सनमा आफ्नो साँगीतिक प्रस्तुती दिने भएका हुन् ।

नेपाली समाज टेक्सास एनएसटीको आयोजनामा टेक्सासको ड्यालसमा शहरमा नेपालीहरुको कन्भेन्सन जुलाई २ र ३ तारिकका दिन हुँदैछ । डालसको कोपहेलको Four Point Sheraton होटलमा हुने यस सम्मेलनमा २ दिन चल्नेछ जस अन्तरगतको सांस्कृतिक कार्यक्रम अन्तरगत जुलाई २ तारिक साँझ डिनर र दोहोरी साझ तथा जुलाई ३ मा हुने फेशन शो, सान्स्कृतिक कार्यक्रम र डिजे बाहेक अन्य कार्यक्रम  व्यवस्था गरिएको छ ।

संस्थागत आपासी एकताको रुपमा आयोजना गरिन लागिएको यस सम्मेलनमा नेपाल फोरम, टेक्नोलोजिकल ट्रान्सफर्मेशन, बिजनेस फोरम, किड्स इभेन्ट्स, वुमेन्स फोरम, ब्रेन गेन र ब्रेन ड्रेन, डिजे कन्सर्ट, स्पोर्ट्स लगायत आयोजना गरिने  छ ।

सन् १९८३ मा स्थापना भएको अमेरिकाको सबैभन्दा पुराना तथा पहिलो नेपाली संस्था मानिएको एएनएको यस पटकको सम्मेलनमा भ्वाइस अफ नेपालका विजेता किरण गजमेर साथै लोक तथा दोहोरी गायक भगवान भण्डारी र प्रिया भण्डारीको दोहोरी, प्रेमराज महतका लोकगीतहरु तथा हाँस्य कलाकार नारायण त्रिपाठीको पनि प्रस्तुती आयोजक नेपाली समाज टेक्सासका महासचिब संदेश उप्रेतीले यूएस खबरलाइ जानकारी दिएका छन्।

अन्तरक्रिया सहितको यस सम्मेलनमा नेपालमा लगानी भित्राउने वातावरण तथा नेपाली सम्पत्ती सुरक्षितको मापदण्ड र उपायका बिषयमाथी बहस चलाईने बताईएको छ । ३ हजार जनाको सहभागिता रहने अपेक्षाकृत अनुमान गरिएको सम्मेलनमा संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ–आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारी मूलक फोरम कार्यक्रमहरु रहेको छ, उक्त कार्यक्रमहरुबाट नेपाली समुदायले प्रत्यक्ष लाभान्वित हुनसक्ने विश्वास एएनएका अध्यक्ष बिजयराज भट्टराईले बताउनु भएको छ।

नेपालीहरुको वाहुल्यता रहेको टेक्सासमा आयोजना हुँदै गरेको यस कार्यक्रममा धेरै राज्यका नेपाली देखि क्यानडाबाट समेत नेपालीहरु सहभागि हुने अपेक्षा गरिएको छ । अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई एएनए महिना पनि भन्ने गरिन्छ। तसर्थ एएनएले सन १९८३ को स्थापनाकाल देखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!