बुवा नर बहादुर नेपाली र आमा कृस्नमाया नेपालीका छोरा रमेश नेपाली नेपाली आधुनिक गायनका क्षेत्रमा उदायमान गायक हुन् । श्री हिम गङ्गा उच्च माबी बाट एसएलसी पास गरेर रमेश २०७० सालमा पढाई र गायक बन्ने सपना बोकेर काठमाडौं भित्रिएका हुन् । २०७२ सालमा तिम्रो झल्कोले मन जलेर बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका रमेशले भन्देउ आइ लभ यु , सायद यो माया नै , तिम्रो सिउँदो भर्न , सक्दिन म भुल्न , मुटु जल्छ लगायतका गीतहरुमा आवाज भरेका छन् भने थुप्रै गीतहरुमा लय सृजना पनि गरेका छन् ।
भिजन म्युजिक अवार्ड, हिट्स म्युजिक अवार्ड लगायतबाट सम्मानित उनि यतिबेला अन्य कलाकार जस्तै लकडाउनका कारण घरमा नै दिनहरु बिताईरहेका छन् । उनको सृजनशिल जीवन, लकडाउन दैनिकी र संगीत क्षेत्र संवद्ध कुराकानी
लकडाउनका दिनहरु कसरी बिताउँदै हुनुहुन्छ ?
लामो समयको लकडाउनले गर्दा दैनिकी प्राय एकनास जस्तै भएको छ । बाहिर निस्कन नमिल्ने अवस्थाले गर्दा घरबाटै संगीत संवद्ध कामहरु गरिरहेको छु । बिहान रियाज गर्छु केही समय, नयाँ सृजनाहरु पनि गर्दै छु । गायन संगै संगीत पनि गर्ने भएकाले लय सृजनामा केही व्यस्त छु अन्य संगीतकर्मीका गीतहरुको । सामान्य तया लकडाउनको पालना गर्दै सृजनामै बितिरहेका छन् दिनहरु ।
लकडाउनका समय संख्यात्मक रुपमा कति गीतहरु सृजना भए ?
लकडाउनको अवधीमा दर्जनको हाराहारीमा गीतहरुको कम्पोज भै रहेका छन् । पहिले त सरकारले स्वास्थ्य सुरक्षाका निम्ती जारी गरेको लकडाउनको पालना गरेर आफुलाई सुरक्षित राख्नु हामी सबैको लागि महत्वपूर्ण छ । यसको अबधी समाप्त भएसंगै यि सृजनाहरु रेकर्डिङको काम सुरु गर्ने सोचमा छु ।
जारी लकडाउनका कारण कलाकार र कलाकारिता क्षेत्रमा कस्तो असर परेको छ ?
यो हामी कलाकार र कलाकारिता क्षेत्र मात्र नभएर विश्वव्यापी समस्याका रुपमा खडा भएको बिपत हो । पुरै विश्व एउटा घरभित्र थुनिएको छ । हरेक क्षेत्र जस्तै कलाकारिता क्षेत्र पनि यसको मारमा परेको छ । खाष गरी गीत गाएर खानु पर्ने र प्रोग्राम कन्सर्ट गरेर बाच्नु पर्ने कलाकारलाई त यो बिपत महामारीको सामना गर्न निकै कठिन छ । मेरो पनि धेरै मात्रमा रेकर्डिङ हुने क्रम जारी थियो एल्बम रिलिज गर्ने तयारिमा थिएँ लकडाउनले अलि लथालिङ्ग हुन पुग्यो ।
सरकारले यो अवस्थामा कलाकारका लागि के गरिदिए सहज हुने थियो ?
यो विश्वप्यापी समस्या हो । नेपालमा यस संक्रमण भित्रिएसंगै अन्य क्षेत्रसंगै कलाकारिता क्षेत्र पनि प्रभावित बनेको छ । साधारण कलाकार जसले सकलकारिताबाट मात्रै रोजीरोटीको जोहो गर्नु पर्ने छ उनिहरु समस्यामा देखिन्छन् लामो समयको लकडाउनले । कलाकार देशका गहना हुन् भन्दा भन्दै पनि विपतको अवस्थामा सरकारको ध्यान उनिहरुको अवस्थामाथी गएको अत्यन्त कम देखिन्छ ।
हिजोका दिनमा हामिले रचना मार्फत आफ्नो अभिनय गरेर देशलाइ चिनाउने तिनै कलाकारलाई आज दुख पर्दा सरकारले हेर्नूपर्छ र अबस्था हेरेर राहत प्याकेज ल्याउनु पर्छ कलाकार भनेको काम गरे खान पाउने नगरे खान नपाउने अबस्थामा हुन्छन अहिले स्थापित कलाकारलाई नै समस्या देखेको छु मैले। त्यहि भएर अहिले मजदुर सरहका छन कलाकार । त्यसैले जनतालाइ जसरि मजदुर जस्तै गरि कलाकारको छुट्टै समूह बनाएर राहत कार्यक्रम ल्याउनु पर्छ जस्तो लाग्छ मलाई ।
लकडाउन पछिको योजना के छन् ?
योजना भन्दा पनि कर्ममा विश्वास गर्छु म । लकडाउन अघि पनि यहि क्षेत्रमा थिएँ पछि पनि निरन्तर यहि क्षेत्रमा हुनेछु । यो बिचको समयलाई पनि सृजनशिल तरिकाले नै बिताईरहेको छु सामान्यतया । नयाँ गीतहरुको रिलिज रोक्किएको छ । अहिले तयार भएका गीतहरु पनि रेकर्डिङ गर्नु पर्ने छ । त्यसपछि आउने नयाँ कामहरु पनि छन् । भविश्य नै यसमा देखेर रोजेको क्षेत्र भएकाले म सधै यहि क्षेत्रमा रहने छु । योजनाहरु भनेका समयको माग अनुसार पनि बन्दै जाने कुराहरु हुन् ।
आफ्ना शुभचिन्तक, स्रोता दर्शकलाई के भन्न चाहनुहुन्छ ?
स्रोता दर्शककै कारण म आज कलाकारिता क्षेत्रमा टिक्न सकेको छु । त्यसैले पनि आफ्ना स्रोता दर्शकप्रति संधै आभारी छु । यो मायालाई सम्मान गरेर भोलीका दिनमा उहाँहरुकै चाहनालाई ध्यानमा राखेर राम्रा गीतहरु ल्याउनु पर्ने दाहित्व हो मेरो । आफ्ना स्रोत दर्शकबाट निरन्तर यहि माया र साथको अपेक्षा गर्दछु । कोभिड १९ ले देश संन्त्रासको अवस्थमा छ सबैको सुरक्षित स्वास्थ्यको कामना गर्दछु जय गित जय सङ्गित!!
प्रतिक्रिया