नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्द आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको आलोचना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गा बहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाईयो ।’

विप्लवले ओलीको योजनामा प्रचण्ड पनि सति गएको तर्क आरोप लगाएका छन् । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्रोही नेकपाका कार्यक्रम
१। चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२। वैशाख २ गते — कोण सभा ।
३। वैशाख ३ गते — अन्तरक्रिया ।
४। वैशाख ४ गते — मशाल जुलुस ।
५। वैशाख ५ गते — नेपाल बन्द ।
६। वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रममा बन्दको आयोजना गरी प्रतिबन्धित गर्ने ।

Comments

comments