अमेरिका नेपाल सोसाइटी ९एएनएस० ले हेरिटेज नेपाल फेस्टिवल २०१९ मनाउने भएको छ । संस्था स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आगामी जुन २ तारिखका दिन अमेरिका नेपाल सोसाइटीले हेरिटेज नेपाल फेस्टिवल २०१९ मनाउने भएको हो।

भर्जिनियाको सेन्टरभिल हाईस्कुलमा आयोजना हुन लागेको हेरिटेज नेपाल फेस्टिवलमा नेपाली संस्कृतीसंग जोडिएका प्रदर्शनी रहने छन् । जसमा नेपाली हस्तकला ,चित्रकला ,गरगहना प्रदर्शन, बिभिन्न जातजातिका खानाका परिकार, सांस्कृतिक प्रस्तुती साथै नेपाली महिलाहरुको पोषक फरिया बिक्रि कक्ष समेत रहने छ ।

उत्तर अमेरिकाको सबै भन्दा पुरानो नेपाली सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीले यस अघि गत जेठमा पनि स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ति मनाएको थियो ।

 

Comments

comments