बैशाखदेखि सगरमाथा सफाइ गरिने भएकाे छ । सफाइ अभियान १२ औं अन्तर्राष्ट्रिय सगरामाथा दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म सञ्चालन गरिने छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ४५ दिन ‘सगरमाथा क्लिनिङ क्याम्पियन-२०१९’ आयोजना गर्न लागिएको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा सफाइ अभियान गर्न लागिएको जानकारी दिइएको हो ।

सगरमाथाबाट करिब १० हजार टन फोहर सङ्कलन गरिने बताइएकाे छ । सगरमाथा सफाइका क्रममा भेटिएका आराेहीकाे शव पनि व्यवस्थापन गरिनेछ ।

प्रशोधन गर्न मिल्ने फोहर काठमाडौँ ल्याई विश्व वातावरण दिवस (५ जुन) का दिन काठमाडौँमा प्रदर्शन गरी ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई उचित व्यवस्थापनका लागि हस्तान्तरण गरिने जनाइएको छ ।

सगरमाथा सफाइमा दुई करोड ३२ लाख १६ हजार खर्च हुने बताइएकाे छ । १४ जनाकाे समूहले सगरमाथाकाे सरसफाइ गर्नेछन् ।

Comments

comments