निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यस पटककाे शृङ्खलामा अतिथिका रूपमा कवि हरिमाया भेटवाललाई निम्त्याइएकाे थियाे । कार्यक्रममा भेटवालले आफ्नाे साहित्यिक यात्राका अनुभूतिहरु सुनाउँदै आफ्ना बुवाकाे प्रेरणाबाट आफू यस क्षेत्रमा अघि बढेका बताउनु भयाे । जसले जे लेखे पनि, जस्ताे लेखे पनि कविता भन्ने गरेकाे कुराप्रति असन्तुष्टि जनाउँदै कवितामा कला, विचार र लयकाे संयाेजन हुनु पर्ने कुरामा जाेड दिनु भयाे ।

आन्दाेलनकाे बिचबाट आएकाे निरन्तर शनिबार नयाँ पुस्ताका प्रतिभाकाे लागि एउटा राम्राे प्लेटफर्म भएकाे भन्दै एकले अर्काकाे रचनामाथि आलाेचनात्मक टिप्पणी गर्नु पर्ने र त्यसले रचनालाई तिखार्ने जिकिर गर्नु भयाे । यस क्रममा उहाँले- सम्झनामा बा, पिप्ली भुल, बाैलाहा कवि, मन, ख्याउँची र अभद्रता गरी आधा दर्जन कविता सुनाउनु भयाे। कार्यक्रममा सुदर्शन शर्मा, इन्द्र लम्साल, पूर्णिमा प्रतिबिम्व,, जिके पाेख्रेल, हाेमराज ढुङ्गेल, सविता विमली, भीष्म जाेशी, पदम दाहाल, स्वागत नेपाल, केवल कार्की, विवश बाबु, साेझाे गाउँले लगायतले आ-आफ्ना रचना(कविता, गीत, गजल, मुक्तक)हरु सुनाएका थिए ।

अन्त्यमा संयाेजक डिल्लिराम सुवेदी आफ्नाे मन्तव्य राख्दै कार्यक्रम टुङ्ग्याएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे र उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएकाे थियाे ।

Comments

comments