उत्तम विचार 

आउँदै गरेको नयाँ बर्ष र
नब बिबाहित दुलही
उस्तै उस्तै लाग्छन् मलाई
उस्तै मात्र के भन्नू र
दुरूस्तै लाग्छन् मलाई !

ऊ नितान्त नयाँ छ र पनि
थुप्रै आशा, अपेक्षा अनि
भरोसा पाल्ने गर्दछौं हामीहरू
ऊ सम्पुर्ण अनि आफैमा
भरिपूर्ण बनेर आओस्
जसरी उन्को घरले
नब दुलही सँग सम्पुर्णताको
आशा पालेको हुन्छ !
जो रूप रंग सिंगारले मात्र नभएर
ब्याबहारले परिपुर्ण होस्
सुशील होस् सुकुमारी होस्
मुख्य कुरा ऊ घरकि बुहारी होस् !

तिनै नब दुलही जस्को
घुम्टो भित्र लुकेको
अलिकति लाज
थोरै असमानजस्यता
केही संकोच/नौलो चिनारी
नयाँ आचरण/नयाँ मुल्य
नौलो मान्यता
नयाँ सुस्केरा/नयाँ चुनौती
हिजोका थकान भेटिएझैं
म नयाँ बर्षरूपी गह्रा अनि
रित्ता फाँटहरूमा उस्तै तर नयाँ
अभाव र अन्योलका बोटहरू
बग्रेल्ती उमृएझैं देख्छु
जसबाट तत्काल
फलको आश गर्नु
मुर्खता हुनेछ ।

ढुकुटीको साँचो सासू सँग
अनुशासन र अनुमतीको
पोको ससुरा सँग भएसम्म
भरखर घर भित्र भित्र्याईएकी
नब दुलही जस्को हातमा
केनैं हुन्छ र आशा गर्नु परिवारले !
ठिक त्यस्तैनैं हो नयाँ बर्ष
जो बसन्ती नव पालुवाझैं
बैशाखको बैसाखी टेकेर
भर्खर आफ्ना कम्जोर पाईलाहरू
लर्खराउँदै गरेको भेटिन्छ,
बस् उसै सँग अनगिन्ती
आशा र अपेक्षा गर्नु
भरोसा गरेर उस्कै भरमा पर्नु
अर्को भूल हुनेछ
मुर्ख्याइँ हुनेछ !

नब दुलही झैं
स्वागत छ नयाँ बर्ष
तिमिलाई हाम्रो घर आँगनीमा
घुम्टो ओडेर आउँनु तिमी
हरेक साल यसैगरी छाउनु तिमी
बैशाख बनेर आउनु, किमार्थ
कम्जोर बैसाखी टेकेर हैन
तिमिलाई हृदयत: स्वागत छ
मात्र कागजमा शुभकामना लेखेर हैन !

Comments

comments