नेपाली पत्रकारिताको १२० बर्षे ईतिहासलाई फर्केर हेर्दा आज हामीले बाँचेको समय सुचना र सञ्चारको क्षेत्रमा धेरै सफलता हासिल गरेको आभाष हुन्छ । वि सं १९५५ साउनमा साहित्यक पत्रिका सुधासागरबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको भएपनि तत्कालिन राणा प्रधानमन्त्री देव सम्शेरले १९५८ बैशाख २४ मा प्रकासनमा ल्याएको गोरखापत्र दैनिकलाई नेपालको सबैभन्दा जेठो पत्रिकाका रुपमा हेरिने गरेको पाईन्छ जुन ११७ बर्ष देखि निरन्तर आज सम्म प्रकाशित छ । उसो त कवि मोतिराम भट्ट र रामकृष्ण बर्माले प्रकाशनमा ल्याएको ‘गोरखा भारत जीवन’ नामक पत्रिका नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका थियो जुन भारतबाट प्रकाशित भएको थियो ।

राणाकालिन समयमा सुरु भएको नेपालको पत्रकारिता बिभिन्न राजनितीक कालखण्ड हुँदै आजको गणतन्तान्त्रिक अवस्था सम्म आईपुग्दा धेरै पत्रकारको उदय भयो, कति यो क्षेत्रमा स्थापित भए कति गुमनाम रहे र कति बिस्थापित भए तत्यांक नभएपनि हिजोका दिनमा कलम चलाउने पत्रकारहरुकै पदचाप पछ्याउँदै हामीले गर्वका साथ यो क्षेत्र रोजेका छौं । सबैका समाचार लेख्ने पत्रकारका समाचार सायदै लेखिए होलान् यो शताब्दी लामो यात्रामा । पत्रकारका कलमले देशको अवस्था लेख्यो, संस्कृति र ईतिहास,बुझायो, कवि कथाकार, कलाकार सबै सबैलाई चिनायो, सगरमाथा देखी गौतमबुद्धको गौरवलाई स्थापित गर्न कैलेहि थाकेन पत्रकारको कलम, देश चिनायो, ईतिहास चिनायो तर उसको लेखन यात्रा, स्वतह निस्किएको उ भित्रको सुचना प्रभावको दाहित्व बोध संधै ओझेलमै रर्यो जुन लेखिनु थर्यो र पर्छ, हामीलाई यस्तै लाग्यो र एउटा अभियान स्वरुप हामीले पत्रकारको जीवन पाठक समक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौं यो नेपाली नयाँ बर्षबाट ।

अमेरिकाबाट सञ्चालित हाम्रो अनलाईन पत्रिका ( www.uskhabar.com)  युएस खबरले प्रवासी पत्रकारहरुलाई पाठक समक्ष सात्क्षातात्कार गराउने अभियान स्वरुप आज २०७६ साल बैसाख १ गतेबाट हरेक महिना अमेरिकामा सक्रिय पत्रकारहरुको पत्रकारिता जीवनलाई संक्षिप्त रुपमै भएपनि नेपाली समुदायसामु प्रस्तुत गर्ने भएका छौं ।

पत्रकार तथा लेखक ज्योती देवकोटा

१२ महिना १२ पत्रकार नाम दिईएको यस सुरुवातको पहिलो महिना अर्थात बैसाख महिनाका लागि हामीले पत्रकार तथा लेखक ज्योती देवकोटालाई प्रस्तुत गर्दै छौं ।

करिव २ दशक देखी निरन्तर नेपाली पत्रकारिता र लेखनमा सक्रिय पत्रकार ज्योती देवकोटा हाल अमेरिकाको वासिङटन डिसिमा रहँदै आएका छन् । उनि संगको कुराकानीका आधारमा यूएस खबरकर्मी किशन रेग्मी र सुषमा देवकोटाले तयार पारेको पत्रकार देवकोटाको बाल्यकाल देखीको लेखन यात्रा, पत्रकारिता जीवन, चुनौती, अनुभव र अमेरिकाको प्रवासी पत्रकारिताबारे धारणा आजको अंकमा ।

जुम्लाको देपाल गाउँमा जन्मेका पत्रकार तथा लेखक ज्योती देवकोटा हाल अमेरिकाका रहँदै आएका छन् । बि सं २०५८ सालमा काठमाडौंको नम्साल स्थित नन्दी माध्यामिक बिद्यालयबाट एसएलसी उत्रिर्ण गरेका देवकोटा रत्न राज्य लक्ष्मी क्याम्पसबाट प्रत्रकारितामा स्नातक गरेर अमेरिका आएका हुन् भने अमेरिकामा आएपछि उनले फ्लाइङ ट्रेनिङ लिएर पाइलटिङ गरे् ।

सानैबाट लेखनमा रुचि भएका देवकोटाले कक्षा ८ मा पढ्दाताका नै कान्तिपुर दैनिकमा लेख्न थालेका थिए । सानो उमेरमा नै आफ्ना लेखहरुबाट पारिश्रमिक पाउने गरेका उनको १० कक्षामा पढ्दा कविता संग्रह प्रकाशित भएको थियो ।

एसएलसी दिने बेला सम्म उनको परिवारलाई उनि जिउँदै छन् कि मरिसके थाहा थिएन । माओवादी द्वन्दकालको समय घर छोडेर हिँडेको एउटा सानो केटोको स्टोरी जव कान्तिपुर दैनिकको पुरै पेजमा छापिएर आयो बल्ल उनको परिवारले उनि जिउँदै छन् भन्ने थाहा पाएको थियो । माओवादीमा गएर या कहिँ केही भएर मरिसक्यो होला भन्ने अड्कल काटेको परिवारले किरिया मात्र गरेको थिएन तर उनि जीउँदै छन् भन्ने ठानेको थिएन । उनलाई कसैले सिकाएको होईन लेख्न, तर उनि लेख्नैकै लागि जन्मिएका रहेछन् जस्तो लाग्छ उनको अविछिन्न यात्रालाई हेर्दा । देपाल गाउँदेखी आज सम्मको उनको यात्रामा कति लेखिए, कति च्यातिए, कति हराए, कति छापिए स्वयं उनि संग पनि हिसाव छैन ।

एसएलसी पछि उनि पत्रकारिताको बिद्यार्थी भएर रत्न राज्य लक्ष्मी क्याम्पस पढ्न थाले सोहि समयबाट उनको जागीरे जीवनपनि सुरु भयो । समय साप्ताहिकबाट सुरु भएको उनको पत्रकारिता यात्रा राजधानि हुँदै कर्णाली सम्म पुग्यो । समय साप्ताहिकमा संवाददाता भएर काम गरेका उनले कान्तिपुरमा फ्रिल्यान्सर राईटरका रुपमा लामो समय काम गरे । स्थापनाकाल देखी नै नागरिक दैनिकमा आवद्ध रहेरका देवकोटाले केहि समय कर्णाली एफएममा पनि काम गरेका थिए ।

आफैंमा एउटा कथा जस्तो लाग्ने देवकोटाको जीवनमा अमेरिका प्रवेश पनि कल्पना बाहिरको बिषय थियो जस्तो लाग्छ उनलाई । सानै उमेरबाट सुरु भएको उनको कलम यात्राले उनलाई कम उमेरमै लेखन र पत्रकारितामा स्थापित गरेको थियो, यो बिचमा उनले बिबाह पनि गरे, उनकी श्रीमतीलाई डिभी परेपछि श्रीमतीसंगै अमेरिका आएका हुन् ज्योती देवकोटा । नेपालमा पत्रकारिता र लेखनको माध्यमबाट स्थापित भै सकेका देवकोटा अमेरिका आएको सुरुवाती दिनमा जुत्ता पसलमा काम गरेको अनुभवलाई सामान्य लिन्छन् । उनि भन्छन् – ‘नेपाल हुँदाको करियर देश छोडेपछि हुन्न। फेरी नयाँ बनाउनु पर्छ। जुन गाह्रो काम थियो। सामान्य जुत्ता पसलमा काम गरेंं। पत्रकारीता सोचिन। त्यसपछि पाइलटिङ गरें। तर काम गरिन। फ्लाइङ ट्रेनिङ सकेपछि अन्तै कामको अवसर पाएँँ। त्यतै गएँँ। त्यसपछि फेरी पैसा नपाइने पत्रकारीताको भूत चढ्यो। सेतोपाटीको ग्लोवल संस्करणसँग जोडिएँँ। गएको छ महिना अगाडी सेतोपाटी पनि छोडेंँ। अहिले २ जना अमेरिकनसँगको सहकार्यमा ८ वटा भाषामा ल्याउने गरी सुरु भएको अनलाइ समाचारमै फेरी जोडिएको छु। तर यसपाली बाट पुर्णरुपमा पैसा लगेरै काम गर्ने गरी आवद्ध भएको छु। सायद प्रवासमा रहेका पत्रकारहरुको हकमा यो पहिलो पटक होला र अमेरिकावाट संचालिल अमेरिकन संचार माध्यमले नेपाली भाषालाइ समावेस गरेको पनि यो पहिलो पटक नै होला।’

यतिबेला ज्योती देवकोटा नाम अमेरिका नेपाली समुदायमा राम्रो पत्रकारका रुपमा परिचित छ, उनि सम्झन्छ् -‘हामीले पत्रकारिता सुरु गर्दा पत्रकारिताप्रति विश्वासको ठुलो भ्रम थियो । अव त्यो बाँकी रहेन, सबैले गर्ने मिसन पत्रकारीता रहेछ भन्ने बुझ्न पाईयो पत्ररकारीता सुरु गरेको केहि वर्षमै धेरै बुझेछु भन्ने लाग्थ्यो। आजकल पत्रकारीताको एक अंश नी बुझेको छैन भन्ने लाग्छ। त्यो बेला कमसेकम पढी पत्रकारीता हुन्थ्यो की जस्तो लाग्छ। आजकल पत्रकारिता कम र पर्चा कारिता हुन थाल्यो। सामाजिक संजालको प्रभाव पनि होला सायद।’

अमेरिकामा बसेर काम गर्ने पत्रकारलाई वातावरण कत्तिको सहज छ भन्ने प्रश्नमा देवकोटा भन्छन् – ब्यवसायीक रुपले सजिलो छैन र नाम र रहरले गरीने पत्रकारितालाइ म पर्चाकारिता भन्छु। त्यो पत्रकारीता होइन। जुन दिन ब्यवसायीक रुपले प्रवासमा पत्रकारीता गर्न थालिन्छ त्यो दिन मात्र मेसो पाउन सकिन्छ, साच्चिकै अमेरिकामा वसेर पत्रकारीता गर्न सजिलो छ कि छैन भन्ने कुरा। अहिले वातावरण असहज छ।

अमेरिकामा बसेर यहाँको पत्रकारिता नियाली रहेका उनलाई लाग्छ जम्मा जम्मी ३ लाख होलान अमेरिकामा नेपालीहरु। ३ लाख नेपालीहरुका प्राय आफ्नै आफ्नै समुदाय संगठन छन। तीनका आ आफ्नै समाचार अनलाइन छन। अनलाइनका रुपमा प्रभाव होला। पत्रकारिताको प्रभाव होइन होला जस्तो लाग्छ। छरिएका छन। एउटै बनाउन सकेका छैनन्। सबैलाइ समेट्ने गरी एउटै प्लाटफर्म बनाएको दिन पत्रकारीताको प्रभाव बढला। पर्चा कारीताको प्रभाव घटला।

पत्रकार देवकोटाले भने झैं अहिलेको समयका हामीहरुले पत्रकारिता मयार्दालाई बिर्षिरहेको आभाष पक्कै हुन्छ जसका कारण राज्यको चौंथो अंग भनेर घोषित भएका पत्रकारहरुले यो सम्मानको लाज राख्न सकिरहेका छैनौं । एउटा अनुभवि पत्रकारको यो भनाईले हामीले असलमै पत्रकारिता गरिरहेका छौं या देवकोटाले भनेझैं पर्चाकारितामा छौं ? हामी आफैंले आफैंलाई सोध्नु पर्ने र मनन गर्नु पर्ने प्रश्न हो यो ।

Comments

comments