समीट एयरको बिमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान लुक्लाबाट रामेछापका लागि उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर अर्को हेलिकप्टरमा ठोक्कीदाँ दुर्घटना भै समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको हो ।

समीट एयरको ९ एन एमएच कलसाइनको विमान उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ मनाङ एयर र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते भएका छन् भने मनाङ एयरका पाइलट टीबी गुरुङ घाइते भएका छन् ।

ठक्कर लागेका मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको जनाईएको छ ।

 

 

 

 

 

Comments

comments