अमेरिकी विदेश मन्त्रालयले नयाँ वर्षको उपलक्ष्यमा नेपालीलाई शुभकामना दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले विज्ञप्ति जारी गर्दै बिश्वभर रहेका नेपालीलाई शुभकामना दिएका हुन् ।

ओर्टागसद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘अमेरिकी जनता र सरकारका तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई आनन्दमय नयाँ वर्षको कामना गर्दछु,’

प्रवक्ता ओर्टागसले नेपाल र अमेरिकाबीच मित्रताको लामो इतिहास रहेको उल्लेख गर्दै अमेरिकामा रहेको जीवन्त नेपाली डायस्पोरा दुई देशबीचको बलियो सम्बन्धको प्रमाण भएको बताएका छन् । साथै आगामी वर्षमा क्षेत्रीय र विश्वव्यापपी मुद्दामा दुई देशबीचको सहकार्य अझ गहिरो हुने आशा पनि उनले व्यक्त गरेका छन् ।

 

Comments

comments