एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा टेक्सास चयाप्टर बाट सचिब पदका लागि सोफिन थापाले उम्मेद्वारी दिने भएका छन् । एनआरएनए अमेरिकालाई सबै अमेरिकाबासी नेपाली समुदायको अधिकार भित्रको साझा संस्था बनाउनु पर्ने मान्यता सहित एनआरएन मा युबाको नेत्रित्वोको आबश्यकता महसुस गर्दै थापा युवा प्रत्यासीका रुपमा चुनावी मैदानमा उत्रने भएका हुन् ।आज एक बिज्ञप्ति सार्बजनिक गर्दै थापाले उम्मेद्वारी दिने घोसना गरेका छन् ।

चौदण्डीगडि नगरपालिका ९ उदयपुर जन्मेका थापा सन् २०१४ मा अमेरिका आएका हुन् । नेपालमा रहँदा पनि बिभिन्न सामाजिक संस्थामा संगै पत्रकारितामा सक्रिय थापा डालस क्षेत्रमा हुने बिभिन्न सामाजिक र सामुदायिक गतिबिधीमा क्रियाशिल रहँदै आएका छन् ।

नारामा मात्र भन्दा पनि वास्तविकतामा एनआरएन अमेरिकालाई मेरो हो भन्ने अनुभुती गर्ने वातावरण सृजना गर्न आर्थिक हैसियत भन्दा पनि बैचारिक र निस्वार्थ प्रतिनिधी एनआरएन अमरिकाको कार्यसमितीमा रहनु पर्ने धारणा सहित चुनावी मैदानमा उत्रिएका सोफिन थापा पहिचान ब्यक्तीको आर्थिक स्तरले भन्दा पनि उसले गर्ने मेहनत र उ बाट बिना आलोचना हुँदै आएका सुधारात्कम कामले निर्धारण गर्ने बताउँछन् ।

हाल अमेरिकामा पत्रकारिता संगै निजि ब्यबसाय  गरिहरेका उनि निर्वाचनमा नयाँ नाम र बिचारले पनि उत्तीकै प्राथमिकता पाउनु पर्ने धारणा राख्दछन् । अप्ठेरोमा पर्ने भनेको सामान्य अवस्थामा रहेका नेपाली हुन् र तिनका पिडा हामी जस्तै सामान्य जीवन यापन गरिरहेका र केही राम्रो गर्नुपर्छ भनेर सोच राख्ने मान्छेले नै महशुष गर्न सक्ने भएकाले अमेरिकाबासी नेपालीको हित र नेपालका सृजनात्मक बिकासमा नयाँ बिचारले स्थान पाउनु पर्ने उनको मान्यता छ ।

Comments

comments