अफ्रिकी मुलुक केन्याको एक नाइट क्लबबाट १२ जना नेपाली महिला पक्राउ परेका छन् । केन्या प्रहरीले मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा शनिबार छापा मार्ने क्रममा १२ नेपाली महिलालाई पक्राउ गरेको हो।

मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताए अनुसार प्रहरीले छापा मार्दा पक्राउ परेका ति महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको थियो ।  पछिल्लो समय यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गरेको केन्या प्रहरीले सो नाईट क्लवका मालिक आसिफ अलिराली इलिभाइ जेजेठालाई पनि पक्राउ गरेको छ ।

मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन ।

 

Comments

comments