मोडल तथा कलाकार सुनिशा बजगाईं र कुनै समयका चर्चित कलाकार राज आचार्य बैबाहिक जीवनमा बाँधिने भएका छन् । तिमी मेरो वान पिस, जिन्दगी, भँगेरा भँगेरी लगायतका दर्जनौं गीतमा अभिनय गरेकी सुनिशा र राजले विवाहको मिती सार्वजनिक गरेका छन् ।
आज सुनिशा र राजले आ आफ्नो फेसबुकमा बिबाह असार ७ गते हुँदै गरेको सार्वजनिक गरेका हुन् । एउटै तस्विर राखेर आ आफ्नो स्ट्याटस राखेका उनिहरुले आफुहरु असार ७ गते बैबाहिक जीवनमा प्रवेश गर्दै गरेको जानकारी दिएका हुन् ।
उसो त १ महिना अघि सार्वजनिक नजिक आउन तिमी गीतमा राज र सुनिशाले संगै अभिनय गरेका छन् । एक समय तितो सत्यमा बाल कलाकारको रुपमा चर्चामा आएका राज आचार्य कलाकार तथा निर्देशक शंकर आचार्यका छोरा हुन् ।
केही समय देखि प्रेम सम्बन्धमा रहँदै आएको यो जोडीले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरिसकेकाले पनि उनिहरुको विवाहलाई लिएर धेरैको चासो रहेको थियो ।
तितो सत्यमा बाल कलाकार राज आचार्य
प्रतिक्रिया