भारतिय डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’को जज बन्नका लागि बलिउड नायिका करिना कपुरले ८० करोड भारितिय रुपैंया पारिश्रमीक लिएकी छन् । डान्स इन्डिया डान्स’को नयाँ सिजनका लागि निर्णायकका रुपमा देखिन लागेकी करिनाले तिन महिना सम्म चल्ने यस कार्यक्रमका पारिश्रकि ८० करोड भारु लिएकी हुन् ।

यही कार्यक्रमबाट टेलिभिजनमा पनि अब डेब्यु गर्दै गरेकी करिनाको सानो पर्दामा देखिन लागेको समाचारले पनि भारतिय संचार माध्यममा चर्चा पाएको छ । टेलिभिजन कलाकार धिरज धुपर होस्टका रुपमा रहने डान्स ईन्डिया डान्सको नयाँ सीजनबारे कलाकार धुपरले चर्चित अभिनेत्री करिना कपुरको सामु आफु उभिएर उनको बारेमा बताउन पाउनु आफ्नो लागी एउटा अवसर भएको बताएका छन् ।

नेपालीहरु समेत सहभागी र बिजेत रहँदै आएको यस रियालीटी शो नेपालमा पनि चर्चामा छ ।

 

Comments

comments