लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा आज जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो ।

२१ जना यात्रु लिएर दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप लाङ्दीखोलामा दुर्घटना भएको थियो । घाईते मध्ये ४ जना जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार पश्चात घर फर्किएका छन भने १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

 

Comments

comments