US Khabar

कोभिडमा कतार एयरवेजको ऐतिहासिक सफलता : १ वर्षको नाफा-१ अर्ब ४ करोड अमेरिकी डलर

- us khabar | ४ महिना पहिले प्रकाशित

कोभिडमा कतार एयरवेजको ऐतिहासिक सफलता : १ वर्षको नाफा-१ अर्ब ४ करोड अमेरिकी डलर

कोभिड पेण्डामिकका कारण अन्य ठुला आर्थिक व्यवसाय साथै धेरै एयरवेज कम्पनी घाटामा रहेपनि कतार एयरवेजले भने हाल सम्म कै उच्च नाफा कमाएको छ । बिहीवार कतार एयरवेजले आर्थिक वर्ष २०२१\ २२आफ्नो नाफा बिवरण सार्वजनिक गर्दै एक अर्ब चार करोड अमेरिकी डलर नाफा भएको बताएको हो ।

छोटो समयमा अहिले सम्मकै ठुलो नाफा हासिल गरेको कतार एयरवेजले अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय प्रतिशतले आफ्नो नाफा बृद्धी गरेको हो ।

आफ्नो २५ वर्षे इतिहासमा पहिलो पटक यति धेरै नाफा कमाएको कम्पनीसंग हाल २ सय ५० वटाभन्दा धेरै विमान रहेको छ भने कम्पनीले सबै महत्वपूर्ण सहित संसारका १ सय ४० भन्दा धेरै गन्तव्यमा उडान भर्दै आएको छ ।

कोरोनाको समय धेरैजसो चार्टर्ड र कार्गो सेवालाई निरन्तरता दिएको कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरका अनुसार यो नाफा सन् २०२१\२२ मा संसारका कुनै पनि एयर लाइन्सको भन्दा उत्कृष्ट नाफा हो ।

कम्पनीले उडान गर्ने हरेक अवसरलाई अधिकतम बनाउँदै लैजाने र नयाँ–नयाँ गन्तव्यको खोजी भइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!