राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशमा लागू भएको संघीयताप्रति सर्वसाधरणमा मात्र होइन स्वयम् दलहरुमा पनि वितृष्णा बढ्दै गएको बताएका छन् ।

चन्द्रागिरी महोत्सवलाई सम्बोधन गर्दै उनले फरक संघीयता क्यान्सर रोग जस्तै भएको र यसको कुनै तुक नरहेकाले यसलाई खारेजी गर्नुपर्ने बताए । आफूले सबै दलको नाडी छामेको भन्दै संघीयता लागू गर्छौ भन्ने दलहरु पनि अहिले पछुताउन लागेको बताएका छन् ।

फरक प्रसंगमा नेता केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने आशंका व्यक्त गरेका छन् ।

उनले विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।

Comments

comments