US Khabar

यस वर्षको ‘मिस नेपाल वर्ल्ड’को उपाधि २४ बर्षिया प्रियंका रानीलाई

- us khabar | २ महिना पहिले प्रकाशित

यस वर्षको ‘मिस नेपाल वर्ल्ड’को उपाधि २४ बर्षिया प्रियंका रानीलाई

यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । आज ललितपुरको गोदावरीमासम्पन्न ग्रान्ड फिनालेमा काठमाडौंकी २४ बर्षिया प्रियंका रानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधी जितेकी हुन् ।

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको ग्राण्ड फिनालेमा प्रियंका रानीले शिर्ष उपाधी हासिल गरेकी हुन् उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पाहिर्याएकी थिईन् ।

सम्पन्न ग्राण्ड फिनालेबाट मिस नेपाल अर्थको उपाधी सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनलको उपाधी न्यान्सी खड्काले जितेका छन् ।

अन्तिम २४ प्रतिस्पर्धीबिचको प्रतिस्पर्धामा नीति शाह सहितका ११ जना निर्णायकहरु रहेका थिए ।

बिभिन्न चरण सहितको प्रश्नोत्तर चरणमा आएका जवाफका आधारमा प्रतिस्पर्धीले अंक प्राप्त गरेका थिए ।

द हिडन ट्रेजरको आयोजना सम्पन्न मिस नेपाल प्रतियोगिता कोभिड–१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको थियो । यसपटक भौतिक उपस्थितीका विचमा नै सम्पन्न भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!