काठमाण्डौं । नायिका पुजा शर्माको प्राय: सबै नायक सँग सम्बन्ध बिग्रने गर्छ । यसै क्रममा ‘रामकहानी’ फिल्ममा सँगै काम गरेका नायक आकाश श्रेष्ठ सँग पनि उनको सम्बन्ध विग्रिएको हल्ला चल्यो । अनलाईन सञ्चारमाध्यमहरूमा उनिहरुको बोलचाल नै बन्द भएको समाचार आउने गर्थे ।
केहि समय अघि सम्म उनीहरु एक अर्का प्रति प्रेममा रहेको कुरा चर्चामा रहेको थियो । त्यसै बिच पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा आकाश श्रेष्ठ उपस्थित भएपछि पुजा रुष्ट भएकी थिईन् । प्रकाश र पुजा बिच लामो समय देखि सम्बन्ध चिसिएको छ । पछि आएर आएर पुजा शर्माले युद्ध बानियाँ सँग लगनगाँठोनै कसेपछि त झन् उनिहरुको सम्बन्धमा पुर्ण बिराम लागेको चर्चा चल्न थालेको थियो । उनिहरु एक साथ सँगै कार्यक्रमहरुमा उपस्थित हुनै छाडेका थिए । एक अर्काको बिषयमा बोल्न समेत अस्विकार गर्थे ।
तर पछिल्लो गतिबिधि हेर्दा उनीहरुमा त्यस्तो खासै केहि समस्या नरहेको स्पष्ट देखिन्छ । उनीहरु अहिले पनि सँगै म्युजिक भिडियो खेलिरहेका छन् । साथै कार्यक्रमहरुमा उनीहरु एक साथ पुगिरहेका हुन्छन् । पछिल्लो समय एक म्युजिक भिडियोको प्रचारप्रसारमा उनिहरु सँगसँगै सक्रिय देखिए। ति कार्यक्रमहरुमा एक अर्का प्रति उनिहरुलाई अहिले कुनै समस्या नरहेको मिडियालाई जवाफ दिए ।
उनिहरुको पछिल्लो गतिविधिले भने उनीहरु म्युजिक भिडियो खेल्न अझ तयार रहेको बुझिन्छ । उनीहरुले म्युजिक भिडियोमा काम गर्न कुनै समस्या नरहेको बताउन थालेका छन् । त्यसमाथि उनीहरुले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ अझै रिलिज पर्खेर बसेका छन् । सम्भवत: ति फिल्मको प्रचारप्रसारमा पनि उनीहरु एकसाथ देखिनेछन् ।
प्रतिक्रिया