US Khabar

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई झण्डै १३ लाख आर्थिक सहयोग रकम हस्तान्तरण

- USKHABAR | ३ महिना पहिले प्रकाशित

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई झण्डै १३ लाख आर्थिक सहयोग रकम हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । काठमाडौं उपत्यका तथा देशका बिबिध क्षेत्रको विकासमा सहयोग पुर्याउने हेतु नेपाल गएको एनआरएनए प्रतिनिधि मण्डलले यस अघि नै घोषणा गरिसको झण्डै १३ लाख रकमको चेक आविश्कार केन्द्रलाई हस्तान्तरण गरेको हो ।

एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई संघकै कार्यालयमा आमन्त्रण गरी चेक हस्तान्तरण गरेको हो ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्य सहितको प्रतिनिधी मण्डलले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्था उपयुक्त देखेर नै एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताएको छ ।

यस विषयमा अध्यक्ष आचार्यले वक्तव्य जारी गर्दै पवित्र अभियानमा साथ र समर्थनका साथै प्रतिबद्धतालाई सार्थकता दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद, राष्ट्रिय समन्वय परिषदहरु तथा एनआरएनए अभियन्ताहरुप्रति आभार व्यक्त गरेका छन् ।

वक्तव्यमा उल्लेख भए अनुसार विहिबार नै एनआरएनए र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी तथा रोहित रेग्मीसंग खाडी लगायतका मुलुकहरुमा काम गरिरहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्ने संबन्धमा पनि घनीभूत छलफल भएको छ ।

आचार्यका अनुसार अबको केही दिनमा नै कार्यविधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने गृहकार्य भै रहेको छ ।

हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले अविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् साथै उनले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्न सके व्यापार घाटा कम हुने गरेको उदाहरण पनि पेस गरेका थिए ।

एनआरएनएले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्ति उत्पादन गर्नुपर्ने बताएका पुनले राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेशस्तर र पालिकास्तरमा खोल्नुपर्ने तर्फ पनि जोड दिएका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!