मान्छेमा बौद्धिकता बिकसित हुनुको कारण पत्ता लगाउन चिनयाँ वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन्। अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले मानव मस्तिष्कको जीन बाँदरमा हालेर मानब बौद्धिकताको बिकाशबारे अनुसन्धान थालेका हुन्।

यस कामको केही संस्थाहरूले आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएको भएपनि अनुसन्धानमा संगल्न बैज्ञानिककहरुले भने मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान् भएको दाबी गरेका छन्।

 

Comments

comments