नेपाल आएको गैर आवासिय प्रतिनिधी मण्डलले यो साता गरेको अर्को महत्वपूर्ण काम प्रधानमन्त्री तथा शिर्ष राजनितिक व्यक्तीसंगको भेट र ९ बुंदे निष्कर्षहरुलाई कार्यान्वयनका ल्याउनका लागि गरिएको पहल पनि प्रमुख बिषय हो ।
एनआरएनए प्रतिनिधी मण्डलले नेपाल आएको अवसर पारेर ’नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयमा राखेको एक दिने कार्यशाला गोष्ठि प्रभावकारी रुपमा सम्पन्न गरेको हो ।
यस गोष्ठीले गैरआवासीय नेपाली नागरिकता लगायत गोष्ठिका ९ बुंदे निष्कर्षहरुलाई कार्यान्वयनमा ल्याउन गरेको पहलमा सबैको साथ, सहयोग र सक्रिय योगदानका लागि संघले गर्न आग्रह पनि गरेको छ ।
गोष्ठिमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बाल कृष्ण खाण, परराष्ट्र मन्त्री , श्रम मन्त्री , संविधानसभाका अध्यक्ष, सांसदहरू, सचिवहरु, वरिष्ठ सरकारी अधिकारीहरु, कूटनीतिज्ञ, उद्यमी, व्यवसायी, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी लगायत प्रत्यक्ष र भर्चुएल माध्यमद्वारा शिर्ष सहभागिता रहेको थियो ।
प्रतिक्रिया