US Khabar

४ मन्त्री सहित असन्तुष्ट १० सांसदले संयुक्त हस्ताक्षर सहित बुझाए माधव नेपाललाई ध्यानाकर्षण पत्र

- USKHABAR | २ महिना पहिले प्रकाशित

४ मन्त्री सहित असन्तुष्ट १० सांसदले संयुक्त हस्ताक्षर सहित बुझाए माधव नेपाललाई ध्यानाकर्षण पत्र

नेकपा एकीकृत समाजवादीमा ४ जना मन्त्री सहितका १० जना सांसदहरूले पार्टीको मन्त्री फेर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिरोध खतिवडा, राम कुमारी झाँक्री, कृष्ण बहादुर श्रेष्ठ, प्रेम आले, कृष्ण लाल महर्जन, गोपाल बहादुर बम, बिना देवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैशी गरी १० जना मन्त्री तथा सांसदहरुले पार्टीको मन्त्री फेर्ने निर्णयप्रति सांकेतिक बिरोध जनाएका हुन् ।
असन्तुष्ट १० संसदहरुले संसदीय दलको बैठक माग सहित अध्यक्ष माधवकुमार नेपाललाई संयुक्त हस्ताक्षर सहितको ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

यस्ता छन् अध्यक्ष नेपाललाई बुझाएको ८ बुँदे ध्यानाकर्षण पत्रमा उल्लेखित असन्तुष्ट बिषयहरु

१) आगामी आर्थिक वर्ष २०७९\८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

२) पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पु¥याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन ।

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठवन्धनमा रहेका दलहरुसंग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निश्कर्ष विपरित पटक पटक आजै\भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दवाव किमार्थ राम्रो मान्न सकिन्न ।

४) मन्त्रीहरूले संसदमा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं, भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहार प्रति हामी गम्भिर छौं ।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

७) मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं ।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!