US Khabar

हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा मदन पाण्डे

- Admin | २ महिना पहिले प्रकाशित

हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा मदन पाण्डे

हामी नेपाली ग्लोवलको क्यालिफोर्नियामा च्याप्टर गठन गरिएको छ । एक कार्यक्रमको बिच मदन पाण्डेको अध्यक्षतामा
प्रथम उपाध्यक्षमा मुना प्यकुरेल द्वितीय उपाध्यक्ष अर्जुन पौडेल ,तृतीय उपाध्यक्ष मदन तमाङ , महासचिवमा नव तिवारी ,सचिव गणेश भट्टराई कोषाध्यक्ष रोशन अधिकारी ,सह कोषाध्यक्ष तुला राम बजगई ,महिला संयोजक ममता बुडाथोकी, युवा संयोजक बबिन थापा ,संस्कृति र मनोरञ्जन- संयोजक कृष्णा बूडाथोकि र सजन बोहोरा ,प्रमुख कार्यकारी अधिकृत: (Chief Executive Officer) रोशन अधिकारी , (Public Relation Officer) हेम बहादुर ठकुला र जोसेफ घले
सदस्यहरू मा
१, बिकास ठकुरी
२, राम कृष्णा भट्टराई
३, हर्क भण्डारी
४, इन्दिरा कार्की
५, राधा आचार्य
६, बिजय चौधरी
७, प्रकाश बिस्ठ
८, नवराज मुड़बरि
९, नीर काजी गुरुङ
१०, अंङ छिरिंङ शेर्पा
११, महेश राणा मगर
१२,ऋषि ढकाल
१३,किशोर बिस्ठ रहेको छ ।
सो कार्यक्रममा अध्यक्ष अमृत लामाले संस्था स्थापना गरनुको उद्धेश्यबारे राख्दै संसारभरी छरिएर रहेका नेपालीहरुलाई गोलबन्द भएर नेपाल र नेपालीलाई चिनाउने मात्र नभएर अन्य काम उदाहरणीय र नमुनाको रुपमा काम गर्नु आवस्यक भएको बताए । उनले नेपालीहरु संसारको जुनसुकै कुनामा रहेपनि नेपाली भिलेज स्थापना गनुपर्ने र नेपालमा पनि कृषि लगायतका क्षेत्रमा आवस्यक अनुसार काम र तालिमको व्यववस्था गर्नुपर्ने बताए ।
त्यसैगरी समाजका उपाध्यक्ष टेक लामाले छोटो समयमा सबैले साथ दिएको भन्दै संस्थाका बिश्वभर छरिएर रहेका राष्टप्रेमी नेपालीहरु, राष्टियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बिश्वमाझ चिनाउन आप्मानो कर्म र पसिना बगाइरहेका विभिन्न लिंग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथी उठेर कर्मजिवी नेपलिहारूलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने संस्थाको मुल उद्देश्य हो भन्ने नाराका साथ यो संस्था अमेरिकाको विभिन्न राज्यहरुमा विस्तार गर्नु पर्ने बताउनु भयो

एनआरएनए क्यालिफोर्निया अर सी श्रीराम थापा ज्यूले सफलताको शुभकामना दिँदै विदेशमा बस्ने नेपालीले एकजुट भएर अगाडि पडनु पर्ने नेपाल र नेपालीको हक़ हितको लागि केही कम गर्न सकिने भन्दै सफलताको शुभकामना ब्यक्त गरेका थीए

हामी नेपाली ग्लोबलका स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोग गर्न सबैमा अपिल गरेका थिए । उनले खेलकुदले राष्ट्रिय खेल र खेलाडीलाई चिनाउन सहयोग हुने बताए ।

त्यस्तै समाजका निबर्तमान आरसीसी रोशन अधिकारीले क्यालिफोर्निया मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर छिटै विस्तार गठन गरेर संस्थालाई बलियो बनाउनुपर्ने कुरा राखेका थिए।
त्यसैगरी तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामा, एन आर एनका अभियन्ता बिजय कुमार चौधरी कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा एन आर एनका सक्रिय क्यालिफोर्निया च्याप्टरको युवा जोसेफ घलेले पूर्ण समाज निर्माणको लगि समर्थन र सहयोग दिनु भएकोमा संस्थाले हिरो अवार्ड पुरस्कृत गरेको थिए । रोशन अधिकारीले नेपाली समाज कोरोनाको बेला होस की सुख दुःख मा दिएको योगदान लाई कदर गर्दै हीरो अवार्ड बाट सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण रोशन अधिकारी ले संचालन गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!