आज बसेको मन्त्री परिषद्को बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको चरम मूल्य बृद्धि भएपछि सरकारको ब्यापक बिरोध भैरहेको थियो ।
मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताउनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताउनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उहाँले बताउनु भयो । अब पेट्रोल एक लिटरको १७९ र डिजेल १६३ रुपैयाँ पुगेको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
सत्ता गठबन्धनको आज बसेको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको थियो । सोही सहमति अनुसार सरकारले पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
अत्याधिक कर लगाएर जनतालाई मारमा पारेको भन्दै सर्बत्र आलोचना भएपछि सरकार बाध्य भएर मुल्य घटाउने निर्णयमा पुगेको हो ।
प्रतिक्रिया