US Khabar

त्रिभुवन आर्मी क्लबका दुई महत्वपूर्ण सदस्य ‘सकर टुर्नामेण्ट’का लागि आज अमेरिका आउँदै

- USKHABAR | ३ महिना पहिले प्रकाशित

त्रिभुवन आर्मी क्लबका दुई महत्वपूर्ण सदस्य ‘सकर टुर्नामेण्ट’का लागि आज अमेरिका आउँदै

त्रिभुवन आर्मी क्लबका दुई महत्वपूर्ण सदस्य अमेरिका आउने भएका छन् । अमेरिकामा हुन गईरहेको पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि आर्मी कल्वमा महत्वपूर्ण सदस्यका रुपमा रहेका भरत खवास र नवयुग श्रेष्ठ अमेरिका आउने भएका हुन् ।

क्लबका अनुसार भरत र नवयुग दुवैले आयोजकको लस एन्जल्स (एलए) टिमबाट खेल्ने छन् । आज राति अमेरिका प्रस्थान गर्दै गरेका उनिहरुको नेपाल फर्कने मितीबारे भने कुनै जानकारी गराईएको छैन ।

पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि जान लागेका नवयुग र भरत मध्य नवयुग श्रेष्ठले हालै कुवेतमा सम्पन्न एएफसी एसियन कप छनौटतर्फ नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी पनि गरेका थिए ।

त्यस्तै भरत खवास आर्मीका नियमित कप्तान हुन् । पछिल्ला केही वर्ष यता राष्ट्रिय टोलीमा नरहेका उनि टुर्नामेन्टका लागि अमेरिका आउने कुराले अमेरिकाबासी खेलप्रेमी समुदाय थप उत्साहित बनेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!