बिष्णु PD भट्टराई\ बिराटनगर

दिनहुँ हजारौंको संख्यामा बैदेशिक रोजगारीका लागि नेपाल छोड्ने युवा जमातलाई लाग्छ नेपालमा बसेर केहि भविश्य छैन । बाध्यताले बिदेशीएका ति युवा मनका सपनामध्य कसैका पुरा हुन्छन्, कोही सद्धे शरिर अपांग बनाएर फर्कन्छन् त कति बिदेशी भुमी मै अस्ताउँछन् ।

यहि बाध्यता र सपनाको बाटो हुँदै दुबई पुगेका थिए बिराटनगरका भोला कट्टेल र युवराज कट्टेलका दाजुभाई १ बर्ष पहिले । दुबई पुगेका उनिहरुले त्यहाँ पुगेपछि सिके यति मेहनत र लगन नेपालमा खर्चने हो भने आफ्नै ठाउँमा केही गर्न सकिन्छ । यहि सोचले दुबई पुगेको १ बर्षमै कट्टेल दाजुभाई नेपाल फर्किए । १ बर्ष दुबईमा बस्दा उनिहरुले काम गरे, तर त्यो कामलाई शिप सिकाईको रुपमा लिए, जसले गर्दा आज उनिहरु नेपालमै रेष्टुरेण्ट ब्यसायि बनेका छन् ।

२७ र २९ बर्षका एकै परिवारका यि दुई दाजुभाईले नेपालमै केही गर्ने सोच बोकेर फर्किएका थिए । छुट्टीमा घर आएका उनिहरु त्यसपछि दुबई फर्किएनन् । नेपालमै कुनै ब्यवसाय सुरु गर्ने योजनामा रहेका यि दाजुभाईले बिराटनगर उपमहानगरपालिकाको स्वामित्वमा रहेको बसपार्क भित्रको भवनमा टेन्डर हाले । नभन्दै उनिहरुलाई टेन्डर पर्यो र सुरु भयो उनिहरुको रेष्टुरेण्ट ब्यवसायको यात्रा ।

यहि बैसाख १ गतेबाट सञ्चालनमा आएको भोला र युवराजको HDK फेमेली रेष्टुरेण्टमा सात लाख लगानी परेको छ । उनिहरु यो लगानी बिदेशी भुमीका लागि खर्च गर्नु भन्दा आफ्नै देशमा लगानी गर्न सकेकोमा खुसी छन् । बिदेशमा रहँदा सिकेर आएको ज्ञान र सिपलाई प्रयोग गरेर आफ्नै समुदायमा सुरु गरेको रेष्टुरेण्ट ब्यवसाय राम्रै चल्नेमा दाजु भाई दुवै विश्वस्त छन् भने उनिहरुबाट छिमेकीहरुले समेत एउटा राम्रो पाठ सिकेका छन् ।

बिराटनगर बसपार्क भित्रको भवनमा रहेको भोला र युवराजको HDK फेमेली रेष्टुरेण्टमा नेपाली र थलाकी खाना संगै मम, पिजा, वर्गर, चाउमिन, चाट, समोसा लगायतका परिकारहरु बन्ने गरेका छन् । भर्खरै सञ्चालनमा आएको यो रेष्टुरेण्टमा आउने ग्राहकको सुविधाका लागि थप कर्मचारी पनि राख्ने योजनामा छन् उनिहरु ।

भोला र युवराजलाई लाग्छ बिदेशीहरु आफ्नो देशको अवसर र आफ्नो क्षमता चिन्न सक्छन्,उनिहरु हरेक कामलाई सम्मान गर्छन् त्यसैले आफ्नो देश छोड्नु परेको छैन सफल पनि छन् । हामीले पनि यो कुरालाई मनन गर्न सक्यौं भने यहिँ प्रसस्त सम्भावना र आत्मसम्मान छ। 

Comments

comments