US Khabar

बक्स अफिसका दुई खेलाडी अनमोल र पुजा एकै फिल्ममा काम गर्दै

- US KHABAR | १ महिना पहिले प्रकाशित

बक्स अफिसका दुई खेलाडी अनमोल र पुजा एकै फिल्ममा काम गर्दै

काठमाण्डौं । बक्स अफिसमा बलियो पकड भएका दुई कलाकार हुन् अनमोल केसी र पुजा शर्मा । उनिहरुको फिल्मको ओपनिङ सामान्य फिल्मको भन्दा उत्कृष्ट लाग्ने गर्छ । त्यसैले पनि उनिहरुलाई आफ्नो फिल्ममा खेलाउन निर्माताहरूको तानातान हुने गर्छ । अझै यि दुईलाई एकै फिल्मका खेलाउनको लागि निर्माता निर्देशकले लामै कोसिस गर्ने गरेका थिए, धेरै कोसिसका बाबजुद पनि कुनै निर्माताले उनिहरुलाई एकै फिल्ममा तान्न सकेका थिएनन् ।

तर यस पटक भने यि दुई नायक नायिकालाई कुनै निर्माताले नभइ उनीहरु एक आपसमै फिल्ममा काम गर्न तयार भएका हुन् । पुजा शर्माले निर्माण गर्ने फिल्ममा अनमोलले काम गर्ने निश्चित भएपछि फिल्मी बजारमा तरंग आएको छ । आधा दर्जन फिल्ममा साइन गर्दै छोडेका अनमोललाई एडभान्स चेक दिदै पुजाले आफ्नो फिल्मका लागि सम्झौता गरेकी हुन् ।

फिल्मलाई प्रेम गीत निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने छन् । सुदर्शन अनमोलको मन पर्ने निर्देशक हुन् । यो कुरा उनले सार्वजनिक रुपकै भन्दै आएका छन् । पुजाको आफ्नै ब्यानरबाट निर्माण हुने फिल्मको छायांकन कात्तिकबाट सुरु हुने छ ।

पुजा शर्मा र अनमोल केसीको यो पहिलो फिल्म कस्तो हुनेछ, त्यो फिल्म रिलिज पछिनै थाहा होला । अब यो हेर्न बाँकि छ कि अनमोलले अन्य फिल्म जस्तै यो फिल्म पनि पछि गएर छोड्छन् या आफ्नो मन पर्ने निर्देशक सँगै काम गर्छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!