US Khabar

सुरु भयो एएनएको राष्ट्रिय सम्मेलन: नेपाल, क्यानडा लगायतका अतिथी टेक्सस आउने क्रम जारी

- USKHABAR | ३ महिना पहिले प्रकाशित

सुरु भयो एएनएको राष्ट्रिय सम्मेलन: नेपाल, क्यानडा लगायतका अतिथी टेक्सस आउने क्रम जारी

उत्तर अमेरिकाको सबै भन्दा पुरानो नेपाली संस्था एशोसियसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)को राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । अमेरिकाका बिभिन्न राज्य साथै नेपाल, क्यानडा लगायतका देशबाट उपस्थित नेपालीहरुको उत्साहजनक सहभागितामा आजबाट डालसको कोपहेल स्थित पोईन्ट शेराटन होटलमा एएनएको नेशनल कन्भेन्सन आज अर्थात जुलाई २ तारिकबाट सुरु भएको हो ।

यस बिषयमा एएनएले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रमको सम्पूर्ण तयारी सकेर सम्मेलनको पूर्व सन्ध्यामा राखिएको यस पत्रकार सम्मेलनमा आजबाट सुरु हुने कार्यक्रमका बारेमा एएनए अध्यक्ष विजयराज भट्टराईले विवरण प्रस्तुत गरेका थिए ।

एकताको सन्देश प्रवाहका रुपमा हेरिएको यस सम्मेलनमा बृहत सहभागिता र कार्यक्रमको लक्ष्य राखिएको छ । जस अन्तरगत २ तारिक बिहान ६ बजेबाट सुरु हुने सम्मेलनका विविध कार्यक्रम आईतबार मध्यरात सम्म जारी रहने छ । जस अन्तरगत शनिवार विहान ६:३० बजेको योगाबाट कन्भेन्सन सुरु हुनेछ । ८ बजेसम्म चल्ने योगा कार्यक्रम पछि ९ बजे सम्म चक्र विज्ञानबारे प्रवचन चल्नेछ ।

९ बजेबाट सबै लामबद्ध भएर आ आफ्नो झण्डा सहित राष्ट्रिय पोसाकमा उपस्थित रहने कार्यक्रम रहेको छ । जहाँ बिभिन्न संघ संस्थाका तर्फवाट र व्यक्तीगत उपस्थित हुनेहरुको संस्कृति झल्कने पोषाक सहितको सहभागिता रहने छ । बिभिन्न जातजातका बाजा गाजा र पञ्चकन्या सहित १० बजे कार्यक्रम हल प्रवेश गर्ने छ ।

कार्यक्रमका लागि परिसर र बिभिन्न फोरमका लागि भिन्न भिन्न हलको व्यवस्था गरेको आयोजक कमिटीले ८ बजेबाट निशुल्क स्वस्थ्य परिक्षण शिविर पनि संचालन गर्नेछ ।

१० बजे कार्यक्रम हल प्रवेश गरेसंगै सुरु हुने उद्धघाटन समारोह ११:३० सम्म चल्नेछ । बच्चाहरुको लागि कियर गर्ने ठाउँ र व्यक्ती, ठुलो बच्चाको लागि किड मुभि देखाईने हलको समेत व्यवस्था रहेको कार्यक्रममा बिभिन्न परिकारका खानाहरुको लागि व्यवस्था दुई वटा रेष्टुरेन्टले सेवा प्रदान गर्नेछन् । जहाँ नेपाली तथा नेपाली संस्कृतिसंग जोडिएका विभिन्न परिकार समेतको स्वाद लिन सकिने छ ।

साँझ ५:३० सम्म बिभिन्न फोरम संचालन हुने सम्मेलनमा साँझको कार्यक्रम अन्तरगत दोहोरीसाँझ लोकगीत, आधुनिक गीत लगायतका कार्यक्रमसंगै व्याल टाई डिनर र अन्त्यमा डिजेको पनि व्यवस्था रहेको छ ।

सम्मेलनको दोस्रो दिन अर्थात जुलाई ३ का कार्यक्रम पनि करिव करिव २ तारिककै सेड्युलमा रहेको छ । तर यसमा योगा गुरु फेरिने छन् र दिनभर विभिन्न फोरमहरु संचालन हुनेछन् ।

सो साँझ फेसन शो, भ्वाईस अफ नेपाल बिजेता किरण गजमेरको प्रस्तुती, कुन्ती मोक्तान र शिला बहादुर मोक्तानका चर्चित गीतहरुको प्रस्तुती लगायतका कार्यक्रम रहेका छन् ।

नेपाल सरकारका पूर्व परराष्ट मन्त्री महेन्द्र बहादुर पाण्डे प्रमुख अतिथी तथा बिषेश अतिथी मिनेन्द्र रिजाल रहेको यस सम्मेलनमा कोपेल सिटी मेयर, अर्भिगं सिटी मेयर, अमेरिकन संचारगृह गु्रपका चियर मेन, मेन लगायतका अमेरिकन राजनितिकर्मी तथा मेन स्टिम मिडिया समेतको उपस्थिती रहने कार्यक्रमलाई अहिले सम्मकै बृहत र उपलव्धिमुलक बनाउने लक्ष्य आयोजकको रहेको छ ।

शुक्रबारको पत्रकार सम्मेलनमा एएनएका संस्थापक अध्यक्ष हरीहर शर्मा संगै एएनए पदाधिकारी तथा सदस्य आयोजक संस्था नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव सन्देश उप्रेती लगायतका पदाधिकारी तथा सदस्य, टेक्सस क्षेत्रमा स्थानिय संघ संस्थाका प्रतिनिधी साथै क्रियाशिल संचारकर्मीहरु लगायतको उत्लेखनिय सहभागिता रहेको थियो ।

सम्मेलनका लागि प्रमुख अतिथी, विषेश अतिथी लगायत विभन्न राज्य तथा देशका सामाजिक अभियन्ताहरु टेक्सस आईसकेका छन् भने केही आउने क्रम जारी छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!