काठमाडौं देखि दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि वृद्धि भएको हो ।

काठमाडौं देखि दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैनन् । कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए ।

उनका अनुसार एक साता अगाडि ८/९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँमा पनि पाउन कठिन छ । वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा वैशाख १८ देखि सातामा तीन उडान थप गर्दैछ ।

हाल सातामा ११ वटा काठमाडौं–दिल्ली दुईतर्फी उडान गरिरहेको निगमले तीन उडान थपेर दैनिक दुई उडान गर्ने भएको छ । यसअघि पनि निगमले दैनिक दुई उडान गर्दै आएको थियो।

Comments

comments