युक्रेनमा यस सातामात्रै धेरै नागरिकको ज्यान गएको छ । लामो समयदेखी जारी रुसी सैन्य आक्रमण यतिबेला यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा सुरु भएको छ ।
यस अघि ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा २१ जना युक्रेनी नागरिकले ज्यान गुमाईसकेका छन् ।
लिसिचान्स्कमा शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका रुसी र युक्रेनी सेनाबीच गोलीबारी भै रहेको जनाईको भएपछि विविसीले भने रुसी सेनाले गोलाबारी गरिरहेकाले युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको छन् ।
केही महिना यता निरन्तर चर्किएको यस युद्धमा युक्रेन पक्षधर देखिएको अमेरिकाले ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग गर्ने घोषणा थियो भने केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडार सहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
तर यता रुसले भने युक्रेनलाई हतियार र आर्थिक सहयोग गर्ने देशले नराम्रो परिणाम भोग्नु पर्ने भन्दै अमेरिका लगायतका देशलाई ठाडो रुनौती दिएका छन् ।
प्रतिक्रिया