US Khabar

पाँचथर पहिरो: शुक्रबारबाट हराईरहेका सबै शव भेटिए

- USKHABAR | ३ महिना पहिले प्रकाशित

पाँचथर पहिरो: शुक्रबारबाट हराईरहेका सबै शव भेटिए

पाँचथरमा गएको पहिरोमा परि शुक्रबारबाट हराईरहेका ३ जना मध्य २ जनाको शव फेला परेको छ । गत शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का ३ जनाको शव ३७ घण्टापछि आज विहान फेला परेको हो ।
अविरल बर्षापछि शुक्रवार राति आएको पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए ।
घरमाथि खनेको सडकबाट गएको पहिरोले घर पुरिदाँ बेपत्ता उनिहरुको खोजि कार्य जारी राखेको उद्धार टिमले ४२ वर्षिय रुपलाल, उनकी श्रीमती ३८ बर्षिया गोमा मगर १९ वर्षिया एलिसा मगरको शव फेला परेको हो । जसमध्य रुपलालको शव हिजो शनिवार र श्रीमती र भतिजीको शवआइतवार बिहान भेटिएको हो ।

रातको समयमा गएको पहिरोमा घरका ४ सदस्य पुरिएका थिए । जसमध्य मृतक रुपलालका पिता ७१ को दल प्रसाद मगरको सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!