US Khabar

नारी शक्तिको कथा बोल्ने ‘आँधी तुफान २’को ट्रेलर सार्वजनिक

- US KHABAR | ३ महिना पहिले प्रकाशित

नारी शक्तिको कथा बोल्ने ‘आँधी तुफान २’को ट्रेलर सार्वजनिक

आगामी साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आँधि तुफान २’को २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ ।

सिनेमाले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए जानकारी दिए। २०६३ सालमा निर्माण भएको सुपरहिट सिनेमा ‘आँधि तुफान’को सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् । सिनोमामा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

सिनेमामा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । ‘आँधि तुफान २’ लाई आरआर फिल्मस् ले वितरण गर्ने छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!