US Khabar

नव नियुक्त मन्त्रीहरुद्वारा राष्ट्रपति भण्डारी समक्ष शपथ ग्रहण

- USKHABAR | ५ महिना पहिले प्रकाशित

नव नियुक्त मन्त्रीहरुद्वारा राष्ट्रपति भण्डारी समक्ष शपथ ग्रहण

बिभिन्न मन्त्रालयका लागि नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आज  भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका विच नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!