US Khabar

नागरिकता विधेयक खारेजीको माग गर्दै छ वटा कम्युनिष्ट पार्टीको प्रदर्शन

- US KHABAR | ५ महिना पहिले प्रकाशित

नागरिकता विधेयक खारेजीको माग गर्दै छ वटा कम्युनिष्ट पार्टीको प्रदर्शन

काठमाडौं । नागरिकता विधेयक खारेज गर्न माग गर्दै छ वटा कम्युनिष्ट पार्टी र एक मोर्चाले संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेकपा बहुमत, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल केन्द्रीय समन्वय समिति, नेकपा, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपाललगायतले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

उनिहरले सरकारले तत्काल नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!