गीता खत्रीको ‘गुँडै रित्तो’ सार्वजनिक (भिडियोसहित)

75

काठमाडौं । साहित्यको विविध विधा निवन्ध, कथा, नियात्रा, कविता तथा गीत लेखनमा सक्रिय गीतकर गीता खत्रीको गीत ‘गुँडै रित्तो’ सार्वजनिक भएको छ । नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्जय पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा यथार्थ अभिनय स्वयम् गीतकार गीता खत्री, बाबा आमा कमलबहादुर र मखमली खड्का र लोकप्रिय कलाकार दिनेश के.सीको रहेको छ ।

चक्र महर्जनको छायाँकन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् । युरोप र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको गीतको भिडियोमा हाम्रो समाजमा भोग्नुपरेको बाध्यता एवम् समय सान्र्दिभिक यथार्थतालाई चित्रण गरिएको छ । गीतको भिडियोलाई भकारी एमडीसीको युट्युव च्यानल बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक गरिएको हो ।

Comments

comments