काठमाण्डौं । काठमाडौं महानगरपालिकाको मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास गरेको छ । अब यसलाई नगरसभाले अनुमोदन गर्नुपर्नेछ ।
चालु आर्थिक वर्ष २०७८र०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । तर चैतमै सकिएकाले तीन महिनाका लागि साढे ३ करोड थप्ने प्रस्ताव पेश भएको हो, जुन पास भएको छ । यो बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तरण गरिने छ ।
बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले भने इन्धनको पखत कम गर्नेबारे सोच्नुपर्ने बताए । तर प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सीमाभित्र इन्धन खर्च भएको बताएका छन् ।
प्रतिक्रिया