एनआरएनए अमेरिकाको निर्वाचन मिती नजिकिएसंगै उमेद्वारहरुको ब्यक्तीत्व र नेतृत्व क्षमताको चर्चा बढ्दै गएको छ । करिव २ महिना अघि देखी सामाजिक संजालमा छाईरहेको चुनावी माहौल औपचारिक उमेद्वारी घोषणा संगै हिजो र आजका लागि तोकीएको उमेद्वारी दर्तासम्म आईपुग्दा नयाँ पुराना दुवै खाले अनुहारले स्थान पाईरहेको छ ।

अन्य निर्वाचनमा जस्तै यो पटकको निर्वाचनमा पनि अध्यक्ष पदका उमेद्वारको चर्चा सबैभन्दा अगाडी छ । एनआरएन अमेरिकाको निर्वाचन हुने घोषणा भए लगत्तै ८ जनाले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा सामाजिक संजालमा गरेका थिए । ति मध्य पछिल्लो समय सम्म ४ जना सक्रिय देखीए यस पदका लागि । उमेद्वारी दर्ताको २ दिन अघि डा. अर्जुन बन्जाडेले सुनिल शाहलाई समर्थन गरेर शाहको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा लड्ने घोषणा गरेपछि । बाँकी ३ जना सुनिल शाह, संजय थापा र सुर्य लम्साल यो निर्वाचनका अध्यक्ष दावेदारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।
यो पटकको निर्वाचनमा २ वटा गज्जवको संजोग परेको छ । अध्यक्ष पदका ३ जनै उमेद्वारै ईन्जिनियरिङ क्षेत्रका रहेका छन् भने अर्को यि तिन जनै उमेद्वारको नाम स बाट सुरु भएको छ । जसमध्य टेक्सस क्षेत्रका सुनिल शाह आईटी इन्जिनियर हुन् भने, न्युर्योक क्षेत्रका संजय थापा सिभिल ईन्जिनियर र न्युर्योककै सुर्य लम्साल हाईड्रो ईन्जिनियर हुन् ।

आ-आफ्नो क्षेत्रमा अत्यन्त सक्षम यि ३ जनै उमेद्वारमध्य सुनिल शाह सफल ब्यवसायिको छवि बनाएका ब्यक्ती हुन् भने संजय थापा राजनितीक क्षेत्रमा अत्यन्त बलियो छवि भएका र सुर्य लम्साल अमेरिकाको सरकारी तहमा बसेर महत्वपूर्ण जिम्मेवारी सम्हाली रहेका ईन्जिनियर हुन् ।

सुनिल शाह

एनआरएनए अमेरिकाको २०१९ २१ का लागि अध्यक्ष पदका बलिया उमेद्वार टेक्सस निवासी सुनिल शाहले पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट ईन्जिनियरिङ गरेका सुनिल शाहले बंगलादेशबाट सन् १९९७ मा ब्याचलर ईन ईन्जिनियर गरेका हुन् । बिद्यार्थी जीवनमाबाटै नेविसंघमा प्रवेश गरेका शाहले सामाजिक, राजनितीक र ब्यवसायिक क्षेत्रसंग नजिक छन् । कामको सम्मानले नै मानिसलाई सफल बनाउँछ भन्ने ठानेका शाह नेपाल रहँदाबाट नै सामाजिक काममा सक्रिय थिए । अध्ययनका लागि बंगलादेश बस्दा बिबिसीको नेपाली सेवाका लागि समाचार सामग्रीहरु नेपालीमा अनुवाद गर्ने काम समेत गरेका उनि ब्यक्तीगत रुपमै पनि एनआरएनको महत्व बुझाउँनमा पहल गरेका ब्यक्ती हुन् ।

अमेरिकाको फ्लोरिडा इस्टिच्युट अफ टेक्नोलोजीबाट बाट ईन्जिनियरिङमा माष्टर गर्न सन् २००४ मा अमेरिका आएका शाह सन् २००५ वाट नै सुचना प्रविधि 9IT)का क्षेत्रमा रहेर बिभिन्न कम्पनीहरुसंग निकट छन् । सन् १९१३ बाट आफ्नै कम्पनी खोलेर आईटी ब्यवसाय सुरु गरेका हुन् ।

उनि सन् २०११ बाट एनआरएनमा आवद्ध भएका शाह निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् ।

सफल व्यासायि, अब्वल आईटी ईन्जिनियर, असल सामाजिक अभियन्ता र बलियो नेतुत्व क्षमता राख्ने सुनिल शाह बिद्यार्थी जीवनमा पनि देशको राजनिती र समाजलाई बुझ्नकै लागि नेविसंघ प्रवेश गरेका थिए । आफु अमेरिका आउँदाका दिनको समस्या कसैलाई नपरोस् भनेर सहयोग गर्दै आएका उनि अमेरिका आएका नेपालीलाई संधै सहयोग गर्ने ब्यक्तीमा पर्दछन् हाल उनका कम्पनीहरुमा नेपालका मात्र होईन बिदेशी नागरिकले समेत रोजगारी पाएका छन् ।

सुर्य लम्साल

एनआरएन अमेरिकाको यस पटकको निर्वाचनमा अध्यक्ष पदका बलिया उमेद्वार रुपमा देखिएका सुर्य लम्साल पेसाले ईन्जिनियर हुन् । चितवनको सुर्यनगरका लम्साल पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट ईन्जिनियरिङ सकेपछि थप अध्ययनका लागि २३ बर्ष अघि १९९६ जुलाईमा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीमा मास्टर्स अफ इन्जिनियरिङका विद्यार्थी बनेर अमेरिका आएका हुन् ।

फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीमाबाट सन् १९९८ मा मास्टर्स अफ इन्जिनियरिङ सकेपछि उनले अमेरिकाका बिभिन्न प्रतिष्ठीत कम्पनिमा ईन्जिनियका रुपमा काम गरे । उनि ति नेपाली हुन् जसले संसारकै उत्कृष्ट नमुना मानिने ९गगनचुम्बी भवन० म्यानह्याटनका स्काइक्रेपर निमार्ण युनिटसंगै रहेर काम गरेका थिए भने सन् २००२ को कोरिया विश्वकपको रंगशालाको उत्कृष्ट डिजाइन गरेबापत अवार्ड समेत प्राप्त गरेका थिए ।

१३ बर्ष देखी लम्साल संसारकै सबैभन्दा ठूलो प्रसारण ७६५ के.भी. टान्समिसन लाइन भएको न्युयोर्क पावर अथरिटीमा वरिष्ठ इन्जिनियरका रूपमा काम गरि रहेका छन् । ६००० मेगावाट विद्युत् उत्पादन गर्दै आएका अमेरिकी सरकारको बिद्युत प्राधिकारणमा रहेर उच्च पदमा काम गरिरहेका लम्सालले संसारकै नमूना मानिने नायगारा फल्स हाइड्रोपावरको नियमित अनुगमन, सुरक्षा, पावरहाउस तथा टान्समिसन लाइनमा गर्नुपर्न इन्जिनियरिङ लगायतका जीम्मेवारी सम्हाली रहेका छन् ।

अमेरिकन सोसाईटी अफ सिभिल तथा स्ट्रक्चरल सोसाईटीमा बरिस्ठ सदस्य, न्यूयोर्क युनिभर्सिटीका प्राध्यापक, बिज्ञान, प्रविधी र अर्थनिती सम्बन्धी समितीका संयोजक लगायतका अनुभव संगालेका न्युर्योक निवासी लम्सालले वर्तमान कार्यसमितीका लागि महासचिव पदमा उमेद्वारी दिएका थिए भने डा. केसव पौडेलको पहिलो कार्यकालमा सर्वाधिक मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए ।

नयाँ प्रविधि र आविस्कारको विषयमा तालिम सञ्चालन गर्दै आएको अमेरिकन सोसाइटी अफ सिभिल तथा स्ट्रक्चरल इन्जिनियरर्सको सदस्य रहेका उनी अमेरिका चितवन सोसाईटीका पूर्व अध्यक्ष, क्विन बुद्ध लायन्स क्लवका संस्थापक उपाध्यक्ष, लगायत सामाजिक संघ संस्थासंग आवद्ध रहँदै आएका छन् । ईमन्दारितालाई सार्वोत्तम निती मान्ने लम्साल हाल न्युयोर्क युनिभर्सिटीमै सहरी भौतिक पूर्वाधार विषयमा पिएचडी गरिरहेका छन् ।

संजय थापा

बि. सं २०२१ सालमा काठमाडौंको गोकर्णमा जन्मिएका सञ्जय थापा राजनितिक पृष्ठभुमीका बलिया उमेद्वार हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरेका थापाले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ गरेपछि भारतको मदरास कलेज अफ इन्जिनियरिंग एण्ड टेक्नोलोजीबाट सन् १९९५ मा सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् ।

अखिलको अस्कल सह प्रा.क.को सचिव भएर राजनीतिक यात्रा आरम्भ गरेका थापाले मदरास कलेज अफ इन्जिनियरिंगमा अध्ययन गर्दाको समय पनि अनेरा स्ववियु मदरास नगर कमिटीको अध्यक्ष तथा कलेजको नेपालिज स्टुडेण्ट्स एसोसिएसनको अध्यक्ष रहेर काम गरेका थिए ।

काठमाडौं क्षेत्र नं. ३ बाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएर उनको पाँच वर्ष काम गरेका थिए ।
सन् २००७ मा अमेरिका आएका थापा अमेरिका आए लगत्तै नेपालीको हितमा काम गर्दै आएको संस्था युएनडीएफसंग जोडिएका उनि सन् २००८ मा त्यस संस्थाको सचिव हुँदै युएनडीएफको उत्तरपूर्वी कमिटीको अध्यक्ष भएर काम काम गरेका थिए ।

सन् २०१३ मा न्युयोर्कमा भएको पहिलो अधिवेसनबाट प्रवासी नेपाली मञ्चको अध्यक्ष बनेका थापा २०१७ मा बाल्टिमोरमा भएको दोस्रो अधिवेसनबाट थापा कमिटीको वरिष्ठ नेताको भूमिकामा रहेर काम गरिरहेका छन् ।

२०१७ मा एनआरएन बोर्ड अफ डाइरेक्टरमा निर्वाचित थापा अहिले बनेको सरकारी संयोजन समितिमा संयोजकको रूपमा काम गरिरहेका छन् । । हेल्प डेस्कको सहसंयोजक र विधान मस्यौदाको सदस्य समेत रहेका छन् ।

Comments

comments