US Khabar

चुनावको मिति सिफारिस गर्न निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीलाई भेट्दै

- US KHABAR | ५ महिना पहिले प्रकाशित

चुनावको मिति सिफारिस गर्न निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीलाई भेट्दै

काठमाण्डौं । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । भेटमा संघ र प्रदेश चुनावको मिति सिफारिस गरिनेछ ।

आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ । आज भेटका लागि प्रधानमन्त्रीको समय लिइसकिएको एक आयुक्तले जानकारी दिए । १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगले सुझाब दिएको छ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ । भर्खरै सकिएको स्थानीय तहको चुनाव देशैभर एकैपटक गराउन सकिएको भन्दै प्रदेश र संघको चुनाव पनि एकै दिन गर्नका लागि आयोगले मिति सिफारिस गर्न लागेको हो । यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!