शिकागो, एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि लामो समयदेखि चर्चामा रहेका शिकागोका बाला घिमीरेले उपाध्यक्षमा मनोयन दर्ता गरेका छन् उमेद्वार हुने चर्चा भएदेखी नै एनआरएन अमेरिकाको यस निर्बाचनका लागि बलियो उम्मेदवारको रुपमा हेरिएका घिमीरेले मनोयन दर्ता गरेपछि चुनावी माहोल झनै तातेको छ ।

नेपाली समाजमा प्रतिष्ठीत ब्यक्ती घिमीरेलाई बिभिन्न क्षेत्रका ब्यक्तीहरुले खुलेर समर्थन गरिरहेकोले उनको उम्मेदवारीलाई निकै महत्वका साथ हेरिएको छ । मनोयन दर्ता पछि घिमीरेले भने एनआरएन अमेरिकालाई सानो घेराबाट निकालेर साच्चीकै साझा संस्था बनाउन मेरो उम्मेदवारी हो । नेपालीको साझा संस्था एनआरएन सबैले आफ्नै संस्था हो भन्ने बनाउन आफु मैदानमा उत्रेको उनको भनाई छ । आफ्नो लामो समयको समाजसेवाको अनुभव र एनआरएन प्रतिको संलग्नताको कदर गर्दै नेपाली समुदयाले उपाध्यक्षको जिम्मेवारी दिने घिमीरेको अपेक्षा छ ।

को हुन् घिमीरे ?

सामाजिक अभियन्ता तथा ब्यवसायी पृष्ठभुमीका घिमिरे पहिलो पटक एनआरएनको चुनावी मैदानमा उत्रने प्रतिस्पर्धी हुन् । एनआरएनका आईसीसीका बिभिन्न टास्क फोर्समा रहेर काम गरेका घिमीरे एनसीसीको चुनावमा भने पहिलो पटक उत्रेका हुन् । प्रवासी नेपाली मञ्चका पूर्व वरिष्ठ उपाध्यक्ष धिमिरे ब्यक्तीगत, सामाजिक तथा व्यवसयिक क्षेत्रमा नै सफल ब्यक्ती मानिन्छन् ।

ईलिनोई राज्यको स्टेट सेक्रेटरी र शिकागो शहरका मेयरको एड्भाईजरी बोर्ड सदयस्य घिमिरे एनआरएन आइसीसीका विभिन्न टाक्स फोर्समा समेत काम गरिसकेका छन् । पहिलो पटक एनआरएनए चुनावमा उत्रन लागेका वाला घिमिरेलाई एनआरएन अगुवाहरुको राम्रो समर्थन छ । कार्य अनुभव, सामाजिक जीवनशैली र अमेरिकादेखी नेपाल सरकारसम्म उच्च तहमा सम्पर्क भएका घिमीरेलाई अध्यक्षका सबै प्रतिस्प्रधीले रुचाएका उम्मेदवारको रुपमा हेरिएको छ । आफ्नो बुझाईमा एनआरएन अमेरिका एउटा सामाजिक संस्था हो, एनआरएनले गर्ने कामहरु नेपाल र नेपालीका हितमा हुनुपर्छ भन्ने चाहना घिमीरेको छ । सफल रेष्टुरेण्ट ब्यवसायी घिमीरे मुदृभाषी र मिलनसार भएकोले अमेरिकाभरका नेपाली माझ राम्रो छवी बनाएका छन् ।

Comments

comments