डल्लास, एनआरएनए अमेरिकाको निर्बाचनका लागि मनोयन चलिरहेको बेला डल्लासबाट नारायन कंडेलले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । नामको मात्र होइन काम पनि बरिष्ठ हुनुपर्ने मुख्य उद्धेश्यका साथ उनले उम्मेदवारी दिएको बताएका छन् । बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिए पछि कंडेलले भने मेरो अनुभव अनि भावनाले बरिष्ठ उपाध्यक्ष पदको कदर गर्न योग्य देखेर यो पदमा उम्मेदवारी दिएं । राजनिती र सामाजिक पृष्ठभुमिका कंडेललाई आगामी निर्वाचनमा बलियो उम्मेदवारको रुप्मा हेरिएको छ ।

चितवन घर भै लामो समयदेखी अमेरिकामा रहँदै आएका कंडेल बिबिध कारणले मातृभुमी छोडेपनि भौगोलिक दुरीले नेपाल र नेपालीप्रतिको कर्तब्य, माया, दाहित्व र सद्भावलाई अलग बनाउन नसक्ने बताउँदै सांगठिक रुपमा एक भै विश्वका जुनसुकै भुगोलमा रहेका नेपालीको हितमा काम गर्नुपर्ने धारणा सहित चुनावी मैदानमा उत्रिएका हुन् । नेपाल रहँदाबाटै स्वच्छ छवि भएका राजनितीकर्मी, सामाजिक अभियन्ता र सफल ब्यवसायिका रुपमा परिचित कंडेल अमेरिका बसाईका क्रममा पनि बौद्धिक नेतृत्व क्षमता भएका अनुभवी ब्यक्तीका रुपमा परिचित छन् ।

बृहत संगठन हुँदा हुँदै पनि एनआरएन अमेरिकाप्रतिको जन गुनासो र यस भित्रका कमी कमजोरीलाई चिर्नका लागि विशुद्ध सामाजिक भावले चुनावी मैदानमा उत्रन लागेका कणेलले लामो समयको आफ्नो अनुभवलाई प्रयोग गरेर नेपाली समुदायको चाहना अनुरुपको एनआरएनए निर्माण र नेपालको बिकासमा कटिवद्ध रहने प्रणका साथ उनि मैदानमा उत्रिएका छन् ।

Comments

comments