US Khabar

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सदस्यमा भुषाल प्यानलबाट हरी खरेलको उमेद्वारी

- Admin | ३ महिना पहिले प्रकाशित

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सदस्यमा भुषाल प्यानलबाट हरी खरेलको उमेद्वारी

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदमा हरी प्रसाद खरेलले उमेद्वारी दिएका छन् । यहि असार २५ गते हुने संस्थाको निर्वाचनमा खरेलले आफ्ना प्रमुख योजना र प्रतिवद्धता सहित सदस्य पदका लागि उमेद्वारी दिएका हुन् ।

आसन्न निर्वाचनमा संयुक्त प्यानलबाट उमेद्वारी दिएका खरेल नारायण प्रसाद भुषाल नेतृत्वको प्यानलबाट चुनावी मैदानमा देखिने भएका हुन् ।

भुषाल नेतृत्वको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नर बहादुर बुढाथोकी, महिला उपाध्यक्ष पदमा लक्ष्मी देवि सिंह ठकुरी, सचिव पदमा दिपक कुमार श्रेष्ठ, कोषाध्यक्ष पदमा सानु नारायण अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरी प्रसाद खरेल, महेश कुमार न्यौपाने, सुनिल कुमार बानियाले यस पटकको निर्वाचनमा उमेद्वारी दिएका छन् ।

यस प्यानलबाट महिला सदस्य तर्फका ३ जना उमेद्वारहरुमा देवकला पाण्डे, ज्योति रोका मगर र लक्ष्मी अधिकारी रहेका छन् ।
असार २५ गते हुने निर्वाचनमा नारायण भुषाल प्यानलसंगै अन्य ३ प्यानल पनि यस निर्वाचनमा देखिएका छन् । जसमा देवि बहादुर डिसी, सुमन शर्मा, र रामवहादुर घर्ती नेतृत्वको प्यानलले पनि यो पटक चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!