अमेरिकामा स्वतन्त्रता दिवशकै दिन बन्दुक आतंको अर्को अप्रिय घटना दोहोरिएको छ । अमेरिकामा स्वतन्त्रता दिवसका दिन परेड डे मनाईरहेका इलिनोइस राज्यका नागरिकमाथि अन्धाधुन्ध गोली चल्दा अहिले सम्म ७ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन् ।
ईलिनोईज राज्यको हाइल्याण्ड पार्कमा राष्ट्रिय झण्डा सहित बृहत सहभागिता जनाईरहेका नागरिकमाथी घरको छतबाट बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
अमेरिकी सञ्चार माध्यमका अनुसार परेड डे सहित उत्सव मनाईरहेका उनिहरुमाथी गोली प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली चलाउने व्यक्ति २२ बर्षिय रोबर्ट ई क्रिमो तृतीय रहेको उल्लेख छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको यस घटनामा गम्भिर घाईते पनि भएकाले मृतकको संख्या बढ्न सक्ने पनि बताईएको छ ।
स्वतन्त्रता दिवशकै दिन यति ठुलो संख्यामा नागरिकको ज्यान जानु अत्यन्त दुखद घटना भएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनाले आफुलाई स्तव्ध बनाएको बताएका छन् ।
प्रतिक्रिया